अम्बर गुरूङलाई श्रद्धाञ्जलीका लागि साढे ११ बजे देखी ३ बजेसम्म एकेडेमीमा राखिने
मंगलबार बिहान २: ३७ बजे दिवगंत भएका नेपाली राष्ट्रिय गानका सर्जक एवम् वरिष्ठ संगीतकार अम्बर गुरूङको पार्थिव शरिरलाई ११:३० बजेदेखी ३ बजेसम्म प्रज्ञाप्रतिष्ठानमा श्रद्धाञ्जलीको लागि राखिने भएको छ। गुरूङलाई उपचारका लागि राखिएको ग्राण्डी अस्पताल परिसरमा भर्खरै गरिएको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा गुरूङको उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले भेन्टिलेटरमा कृतिम रूपमा अम्बर गुरूङको मुटुको चाल बढाउने काम नगर्ने चिकित्सकिय निर्णय गरेपछि गुरूङको निधन भएको जानकारी दिएका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...