काठमाडौं , २५ जेठ । नेपाल प्रहरीमा सबैभन्दा ठूलो भ्रष्टाचारको काण्डले चिनिन्छ सुडान भ्रष्टचार काण्ड । यो काण्डमा दर्जनौ प्रहरी अधिकारीहरु मुछिए भने तीन आइजीपी एक ठेकेदार लगायतका केही अधिकारीहरुको मुद्धा अहिलेपनि विशेष अदालतमा विचाराधिन छ ।
त्यसपछि हुने प्रहरीका हामिकहरुले सामान खरिद गर्न डराए । रविन्द्रप्रताप शाहले केही सामान खरिद गरेको भएपनि उनको कार्यकालमा पनि सात करोडको हिनामिना सार्वजनिक भएपछि कुवेर सिंह रानाले त्यो काम गर्न चाहेनन ।
अहिले उपेन्दकान्त अर्याल पनि सकेसम्म आफ्नो पालामा त्यस्ता खरिद कार्य गर्न बाट टाढै बस्न चाहेपनि सामान सकिएपछि उनका सहयोगीद्धय एआईजी रमेश शेखर बज्राचार्य र वीरेन्दबाबु श्रेष्ठको योजनामा खरिद ऐन छलेर शान्ति मिसनका लागि चार थान आम्ड पर्सल क्यारियर (एपीसी) खरिद प्रक्रिया अघि बढाएको छ ।
चीनको नोरिन्को कम्पनीमार्फ सुडानस्थित एफपीयू मिसनमा एपीसी पु¥याउन प्रहरी प्रधान कार्यालयले सार्वनिक खरिद ऐन २०६४ बाहिर हुने गरी अनुमति माग्दै गृह मन्त्रालयमा पत्र पठाएको छ । एपीसी खरिद गर्न नेपाल एजेन्ट उमेश श्रेष्ठमार्फत सिंगापुरको कम्पनीले १६ करोडको टेन्डर पाएको थियो ।
सो कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि सम्झौतामै उल्लेख उत्पादक कम्पनी नोरिन्कोमार्फत एलसी खोल्न प्रस्ताव गरिएको प्रहरीले स्रोतले दावी गरेको छ । सिंगापुरको कम्पनीलाई सुडानी बैंकले प्रतीतपत्र (एलसी) खोल्न अस्वीकार गरेपछि दुइ वर्षयता एपीसी खरिद हुन सकेको छैन । सो सम्झौता बदर नगरी प्रहरीले चिनियाँ कम्पनीमार्फत एलसी खोल्ने प्रस्ताव गरेको पठाएको हो ।
यसअघिनै गोली खरिद प्रकरणमा ‘अयोग्य घोषित कम्पनीलाई खरिद जिम्मा दिएको भेटिएपछि मन्त्रालयका अधिकारी प्रहरीसँग स्पष्किरण सोधेका थिए । प्रहरीले पठाएको प्रस्तावलाइ उनीहरुले फिर्ता पठाएका छन् । शूरुमा अयोग्य कम्पनीलाई टेन्डर पार्न र अहिले छिटो खरिद गर्नपर्न बाध्यता देखाएर प्रक्रियाभन्दा बाहिरबाट जानुप¥यो भन्ने प्रहरीको प्रस्ताव गलत रहेको मन्त्रालयको ठहर छ ।
प्रक्रियाबाट जादा कम्तीमा ६ महिना लाग्ने र तत्काल एपीसी पठाउन नसके सुडानबाट मिसन फिर्ता हुन सक्ने प्रहरीको दाबी छ । प्रहरीको प्रस्ताव स्वीकार गर्दा यसअघि सशस्त्र प्रहरीको खरिदमा अपनाइएको प्रक्रियाविपरीत हुने देखिएपछि मन्त्रालय अप्ठेरोमा देखिएको छ । एपीसी खरिदकै लागि रक्षा मन्त्रालयमा गृह र प्रहरीका अधिकारी सम्मिलित बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको छैन ।
एक वर्षअघि सशस्त्र प्रहरीको दक्षिण सुडानस्थित मिसनका लागि २७ करोडमा नौ एपीसी किन्ने गरी हङकङको कम्पनीसँग टेन्डर भएको थियो । तर, सो कम्पनीलाई पनि दक्षिण सुडानको बैंकले एलसी खोल्न अस्वीकार गरेपछि टेन्डर सशस्त्रको भएकोे थियो ।
प्रहरी प्रधानकार्यालयका केही अधिकारी तथा मन्त्रालयले यो विषयलाई मन्त्री परिषदबाट पारित भए मात्र खरिद गर्न योग्य रहने जनाएको भएपनि मानव स्रोत विभागका प्रमुख श्रेष्ठ र प्रशासन विभागका प्रमुख बज्राचार्य भने तत्कालै एपीसी खरिद गरी सुडान पठाउनु पर्ने मुडमा रहेका छन् । यसविषयमा आइजीपी भने मौन रहेका छन् ।
आइजीपीलाई समेत चेपुवामा पारेर खरिद गर्न उमेश श्रेष्ठलाई दिइएको स्रोतका दावी छ । सुडान काण्डमा रमेश चन्द ठकुरी र ओम विक्रम राणा तथा हेम बहादुर गुरुङ, मदन खड्का लगायतका पुर्व प्रहरी अधिकारीहरुको मुद्धा विचाराधिन रहेको जनप्रहार साप्ताहिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...