-->
यसरी विघटन हुँदैछ यूरोपिनयन युनियन !

एजेन्सी–विश्वमा संयुक्त राष्ट्रसंघभन्दा दोश्रो शक्तिशाली अन्तर्राष्ट्रिय संस्थामा गनिन्छ, यूरोपियन यूनियन । जसले समग्र यूरोपमात्र होइन, विश्वलाई समेत प्रभाव पार्न सक्छ ।

तर सो अन्तर्राष्ट्रिय संस्था यसबेला बेलायतको सवालसँग जोडिएर अस्तित्व रक्षाको स्तरमा पुगेको बताइएको छ ।
बेलायतले यूरोपियन यूनियन छाड्ने कि नछाड्ने बहस चलिरहेको बेला स्वीडेनकी विदेशमन्त्री भाल्स्ट्रोमलेले सो संघ विघटनकै संघारमा पुगेको बताएकी छन् ।

बीबीसँगको अन्तरवार्ताको क्रममा उनले ब्रिटेनले यूरोपियन यूनियन त्यागे सो संघसँग आबद्ध धेरै देशहरुमा पनि त्यस्तै प्रकारका जनमत संग्रह हुने र त्यसको परिणाम सही नआउने समेत उनले बताएकी हुन् ।
अन्तरवार्ताका क्रममा उनले ब्रिटेन इयूमा रहेपनि र नरहेपनि यूरोपमा खतरा देखिने स्पष्ट पारेकी छन् ।

ब्रिटेन यूरोपियन यूनियनमा रहेपनि केही यूरोपेली मुलुकहरुले संघसँगको सदस्यताका पुनर्लेखनका लागि माग गर्न सक्ने समेत उनले बताएकी छन् ।
यूरोपियन यूनियन विघटनको चिन्तासँगै कयौं यूरोपियन राजधानीहरुमा चिन्ताका बहसहरु भैरहेको बताइन्छ ।

ब्रिटेनमा इयुबारे मतदान हुन दुई साताभन्दा कम समय बाँकी रहँदा सर्वेक्षणहरुले दुवै पक्ष बराबर जस्तो देखिएका छन् ।

जुन २३ मा हुने जनमत संग्रहका निम्ति ब्रिटेनको इयुसंगका व्यापार, छाडेमा वा रहेमा त्यसले ब्रिटेनको अर्थतन्त्रमा पर्ने असरजस्ता मुद्दाबारे बहस भइरहेका छन् ।
विदेशमन्त्री भाल्स्ट्रोमले ब्रिटेन इयुमै रहिरहोस् भनी आफुले चाहेको समेत बताएकी छन् ।

स्वीडेनका लागि ब्रिटेन महत्वपूर्ण व्यापारिक साझेदार रहेको अनि ब्रिटेनमा ९० हजार स्वीडिश नागरिक रहेको उनले उल्लेख गर्दै उनले सो जनमत संग्रहको प्रभाव गहिरोसंग पर्ने भन्दै बीबीसीले समाचार लेखेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.