-->
यस्तो छ दंगलमा आमिरको अर्को रुप

आफ्ना हरेक सिनेमामा आमिर खान फरक शैलीमा देखिन ठूलै मिहेनत गर्छन्। फिल्म ‘दंगल’मा कुस्तीबाजको भूमिकामा देखिने आमिरको लुक्सले निकै चर्चा पाइरहेको छ।

हरियाणाका पहलमान महावीर सिंहको जीवनीमा आधारित फिल्मका लागि मोटो शरीर बनाएका आमिरले जवान महावीरको लागि आकर्षक शरीर बनाएका छन्। जवान महावीरको सुटिङको दुई दिन अघि भन्दै उनले आफ्नो ट्वीटरमा आफ्नो तस्वीर सेयर गरेका छन्।

यो फिल्म नितेश तिवारीले निर्देशन गर्दैछन्। फिल्ममा साक्षी तंवर, फतिमा शेख, सान्या मल्होत्रा, राजकुमार राव लगायत कलाकारको अभिनय रहनेछ।

फिल्म सन् २०१६ को क्रिसमसमा रिलिज हुनेछ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.