अम्बरका जेठा छोरा किशोर गुरुङका अनुसार गए रातिदेखि स्वास्थ्य अझ बिग्रिएको हो। 'रातिदेखि स्थिति गाह्रो हुँदै गएको चिकित्सकले बताएका छन्। अहिले पनि सिकिस्त हुनुहुन्छ', अम्बरका जेठा छोरा किशोर गुरुङले नागरिकन्युजसँग भने।
खाने नलीमा जोडिएको पाईप फुस्केपछि खराब भएको उनको स्वास्थ्यमा पछिल्लो समय फोक्सोमा निमोनिया भएको छ। बिहीबार राती अचानक बढेको खोकीसँगै उनको मुटुको धडकन रोकिएपछि उनी अचेत छन्।
भारतको मेदान्त अस्पतालमा खाने नलीको उपचारका लागि दुई महिना बिताएर फर्केका उनी स्वास्थ्यलाभ गरिरहेका थिए। घरमै आराम गरिरहेकै अवस्थामा गत सोमबार राती अचानक उल्टी गरेपछि अस्पताल भर्ना भएका थिए।
यसअघि वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री भीम रावल लगायत सरकारका मन्त्रीहरु अस्पताल पुगेका थिए।
अम्बर गुरुङ सिकिस्त, प्रधान सेनापति अस्पतालमा
काठमाडौं— अस्पतालको बेडमा मृत्युसँग लडिरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्थिति सोमबार बिहान अझ गम्भीर बनेको छ। नेपालको राष्ट्रिय गानसँगै धेरे गीतमा संगीत र स्वर भरेका गुरुङलाई हेर्न प्रधान सेनापति राजेन्द्र क्षेत्री टोखास्थित ग्रान्डी अस्पताल पुगेका छन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...