प्रदर्शनमा अधिकांश बृद्धहरुले सहभागिता जनाएको समाचार माध्यमले जनाएका छन् । उनीहरुले संसद छेऊमा रहेको पार्कमा 'अबे सरकार राजनीमा दे', 'जनता राजनीतिमा परवर्तन चाहान्छन्' जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
आउँदो जुलाई १०मा माथिल्लो सदनको चुनाव हुँदैछ । प्रतिपक्षी पार्टीले १२१ सिटमा हुने चुनावमा अबेको गठबन्धनलाई हराएर २४२ सदस्य रहेन च्याम्बरमा कब्जा जमाउने रणनीति लिएको छ । विश्लेषकहरुले लिबरल डेमाक्रेटिक पार्टी र यसका सहयोगीले चुनावमा सोचेझैं सफलता प्राप्त गर्ने विश्वास लिएका छन् ।
तल्लो सदनमा भने अबेको गठबन्धसँग दुई तिहाई बहुमत छ ।
विपक्षीले अबेलाई तारो बनाएर प्रदर्शन गरेपनि अबेको लोकप्रियता पछिल्लो समय ३ प्रतिशतले बढेको अघिल्लो सोमबार गरेको सर्वेक्षणले देखाएको छ । निकेई विजनेस डेलीले सोमबार सार्वजनिक गरेको परिणामले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई हिरोसिमाको भ्रमण गराएर द्धिपक्षिय सम्बन्धलाई नयाँ उचाई दिएकाले उनको लोकप्रियता बढेको आंकडा सार्वजनिक गरेको हो । ५३ प्रतिशत रहेको उनको लोकप्रियता ५६ प्रतिशतमा पुगेको थियो ।
अबेले बुधबार अढाई वर्ष यता चर्चामा रहेको बिक्रिमा कर बढाउने बहुप्रतिक्षित निर्णय रोकेको घोषणा गरेका थिए जसका लागि उनले जनतासँग राय लिनेछन् । यसले माथिल्लो सदनमा भोटको राजनीति गर्न सजिलो हुने धेरैको अनुमान छ । आयोजकहरुले आइतबार ४० हजार मानिस प्रदर्शनमा उतारेको दाबी गरेको थियो जुन संख्या अलि कम भएको पुलिसको दाबी छ । प्रदर्शनमा सहभागीसँग केही दक्षिणपन्थीले कुरा गर्ने प्रयास गरेका थिए जसलाई पुलिसले असफल पारेको थियो । गत अगस्टमा पनि अबे सरकार विरुद्ध यही स्थानमा प्रदर्शन गरिएको थियो । त्यतिबेला १ लाख २० हजार प्रदर्शनकारी सहभागी भएको आयोजकले दाबी गरेका थिए ।
प्रधानमन्त्रीकाे राजीनामा माग्दै विशाल प्रदर्शन
टोकियो– प्रधानमन्त्री सिन्जो अबेको राजीनामा माग गर्दै हजारौै प्रदर्शनकारीले टोकियोको मुख्य सहरमा आइतबार प्रदर्शन गरेका छन् । माथिल्लो सदनको चुनाव नजिकिँदै गर्दा भएको यो विरोधलाई विपक्षी राजनीतिसँग जोडे हेरिएको छ । प्रदर्शनकारीले अबेको राजनीमासँगै आफ्ना सैनिकलाई विदेशी भूमिमा लडाईं गर्न अनुमति दिने कानुन फिर्ता लिनुपर्ने माग गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...