आमा बन्दै करिना !
मुम्बर्इ । करिना कपुर गर्भवती छिन् । एउटा भारतीय समाचार पोर्टलले यस्तै दाबी गरेको छ । उसको दाबीमाथि बलिउडमा व्यापक चर्चा भएको छ । उक्त समाचार पोर्टलका अनुसार करिना गर्भवती भएको तीन महिना भइसकेको छ । तर, उनी र पति सैफ अली खान यसलाई लुकाउन खोजिरहेका छन् । केही दिनअघि यो जोडी लन्डनमा देखिएको थियो । समाचार पोर्टलले दुईजना त्यहाँ आराम गर्न पुगेको दाबी गरेको छ । तर, सैफ र करिनाले यस विषयमा केही भनेका छैनन्, न त उनीहरूको परिवारले नै केही भनेको छ । सैफ र करिनाको विवाह १६ अक्टोबर २०१२ मा भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...