-->
पुरानो गुह्यश्वेरी मन्दिरमा रहेको गरुडको मुर्ति चोरी

बालाजुको वाइपास नजिकै रहेको पुरानो गुह्यश्वेरी मन्दिरमा रहेको गरुडको मुर्ति चोरी भएको छ।

शनिबार दिउँसो मन्दिरको चार कुनामा रहेको ४ इन्चको ४ वटा गरुडको मुर्ति चोरी भएको बालाजुका डिएसपी संजिव शर्माले जानकारी दिए। मन्दिरमा रहेका सुन र चाँदीमा सामानहरु भने चोरले लगेको छैन्। मन्दिरका पुजारी मन्दिर परिसरमा नै रहेका बेला मुर्ति हराएको हो।

डिएसपी शर्मा मन्दिर परिसरमा पुगेका सो विषयमा थप अनुसन्धान गरिरहेका छन्। कसैले लुकाएको हुन सक्ने भन्दै मन्दिर आसपास क्षेत्रका प्रहरीले मुर्ति खोजिरहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.