-->
डन गणेश लामा माओवादी केन्द्र छिर्ने तयारीमा

काठमाडौं । गलत व्यक्तिहरुको घनिष्टता तथा कार्यक्षमताको अभावमा गृहमन्त्री शक्ति बस्नेतको पद धरापमा परेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री परिवर्तन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखिसकेका छन् ।

 

आफ्नो सोचअनुसार गृहमन्त्री बस्नेतले काम गर्न नसकेको भन्दै ओलीले गृहमन्त्री फेर्ने प्रस्ताव राखेको स्रोत बताउँछ ।

 

कमजोर निर्णय क्षमता र प्रशासनिक ज्ञानको अभावका कारण गृह मन्त्रालय अस्तव्यस्त हुँदै गएको छ ।

 

अर्कोतर्फ श्रमती सत्या पहाडीले डन र तस्करहरुसँग फाइदा लिइ मन्त्री बस्नेतमार्फत विभिन्न काम लगाउने गरेकी छिन् ।


मन्त्रीमा नियुक्त भएलगत्तै नक्कली भारतीय रुपैयाँँका कारोबारी सुनील रायमाझी तथा सुडान भ्रष्टाचार प्रकरणमा मुछिएका ठेकेदार शम्भू भारतीसँगको भेटघाटका कारण मन्त्री बस्नेत विवादमा तानिएका थिए ।

 

अहिले पनि तस्कर तथा गेण्डागर्दीमा संलग्न व्यक्तिहरुको मन्त्रीनिवासमा भीड लाग्ने गरेको स्रोत बताउँछ ।

 

कतिसम्म भने डन गणेश लामाले समेत मन्त्री बस्नेतसम्म पहुँच बनाइसकेका छन् ।

 

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य रहेका लामा उक्त पार्टीमा असुरक्षित महशुस गरेपछि माओवादी छिर्ने तयारीमा लागेका छन् । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.