-->
कोपा अमेरिका : डेब्यु खेलमा पानामाको कीर्तिमानी जित

जेठ २५ – अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा पानामाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान फ्लोरिडामा भएको खेलमा पानामाले बोलिभियालाई २–१ ले हरायो । समूह डीको खेलमा कोपा अमेरिकामा पहिलो पटक सहभागिता जनाएको पानामालाई जिताउन दुवै गोल ब्लास पेरेज गरे । ११ औं मिनेटमा पेरेजले व्यक्तिगत पहिलो गोल गर्दै पानामालाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेको बोलिभियाका लागि ५४ औं मिनेटमा कार्लोस एर्सेले बराबरी गोल फर्काए । तर ८७ औं मिनेटमा पेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै पानामालाई २–१ को जित दिलाए । जितसँगै कोपा अमेरिकाको नवप्रवेशी पानामाले महत्वपूर्ण तीन अंक जोडेको छ । पानामाले बोलिभियाको तुलनामा गोल गर्ने धेरै अवसर सृजना गरेको थियो ।पानामा सन् १९२१ पछि कोपा अमेरिकाको डेब्यु खेलमा नै विजयी हुने पहिलो टिम बनेको छ । ९५ वर्षअघि सन् १९२१ मा पाराग्वेले कोपा अमेरिकाको पहिलो खेलमा नै जित दर्ता गरेको थियो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.