यी हुन् एसएलसीमा सबैभन्दा बढी अकं ल्याउने बिद्यार्थी
काठमाडौं, ३ असार –राजधानीको डल्लुस्थित बुद्वज्योती माविबाट एसएलसी परीक्षा दिएका सन्देश पाठकले कुल ४ जीपीएममा ३ दशमलव ९५ ल्याएका छन् ।
कक्षा एकदेखि नै सोही विद्यालयमा पढेका पाठकले आफूले परीक्षामा लेखेअनुसारको नम्बर पाएको बताए । बाबु सहदेवका अनुसार सन्देश सानैदेखि पढाइमा निकै लगनशील थिए । बाबु सहदेव बालाजुस्थित ग्रामिण आदर्श कलेजलगायत अन्य निजी शैक्षिक संस्थामा अंग्रेजी विषयका शिक्षक हुन भने आमा गृहणी हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...