जेष्ठ २८, २०७३- घोराही–तुलसीपुर सडक खण्डको बिजौरीमा शुक्रबार अपरान्ह दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।
दुधराशबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ त ३२३८ नम्वरको ट्रेक्टर र सोही दिशातर्फ जाँदै गरेको रा २ प १५३८ नम्वरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङमा कार्यरत प्रहरी हवल्दार छायाक्षेत्र–९ सल्यानका ३१ बर्षिय सन्तोष वादी र उनकी श्रीमती २६ बर्षिया ज्योती बादीको मृत्यु भएको छ ।
उनीहरुको ७ बर्षिय छोरा समिर बादी गम्भीर घाइते छन् । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताए । मोटरसाइकलले ट्रेक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको उनले जानकारी दिए । ट्रेक्टर चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको उनले बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...