-->
'मुसलमानलाई अमेरिका आउन रोक

अमेरिका–फ्लोरिडाको ओल्र्यान्डो राज्यस्थित एक रात्रिक्लबमा भएको आक्रमणसँगै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रवेश गर्न दिन नहुने माग दोहो¥याएका छन् । उनले मुसलमानमाथि अस्थायी रोक लगाउनु पर्ने जिकिर गर्दै आएका थिए।
न्यूहेम्पसायरमा सोमबार बोल्दै ट्रम्पले अमेरिकाको आप्रवासी नीति बेकारको रहेको टिप्पणी गरेका थिए । 'यही नीतिका कारण ज्यानमाराको परिवारलाई अफगानिस्तानबाट अमेरिका आउने अनुमति मिल्यो,' उनले सम्बोधनका क्रममा भने । उनले आफू राष्ट्रपति भए आप्रवासी समस्या सुल्झाउने प्रतिबद्धता समेत दोहो¥याए । उनले बेलैमा आप्रवास नीतिमा विचार नगरे थप हत्यारा आउन सक्ने चेतावनी दिए ।
'हामी हजारौं हजार मानिसलाई अमेरिका आउने अनुमति दिन सक्दैनौं । यसरी आएका मध्ये धेरै हत्यारा जस्तो सोच राख्छन्,' उनले भने । उनले सम्बोधनका क्रममा मुस्लिम समुदायलाई आक्षेपित गर्दै जानी जानी पनि हत्याराका बारेमा पुलिसलाई जानकारी नदिएको बताए ।
'ओल्र्यान्डोमा हमला गर्ने बन्दुकधारीको बारेमा मुस्लिम समुदायलाई थाहा थियो तर उनीहरुले पुलिसलाई जानकारी दिने आवश्यकता ठानेनन्,' उनले भने । उनले वर्तमान राष्ट्रपति बाराक ओबामा र डेमोक्रेटिक तर्फकी उम्मेदवार हिलारी क्विन्टनलाई यो विषयमा आफ्नो धारणा स्पष्ट गर्न चुनौति दिएका छन् । उता हिलारीले भने आफू राष्ट्रपनि बने हत्यारा मनोवृत्तिका मानिसको पहिले नै पहिचान गरी सम्भावित खतरा टार्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.