मान्छे मारेको अभियोगमा १८ सिंह नियन्त्रणमा
चौधरी ग्रुपले बर्दियाबाट समेत चाउचाउ उत्पादन थालेको छ । बाँसगढी ४ पुष्पनगरको कारखानाबाट उत्पादित चाउचाउ मुख्य रूपमा मध्य र सुदूरपश्चिममा बिक्री वितरण गर्ने योजना छ ।
जिल्लामा ठूलो लगानी गरेको यो पहिलो ठूलो उद्योग हो । उद्योगबाट प्रारम्भिक चरणमा वाइवाई र गोलमोल चाउचाउ उत्पादन सुरु भएको चौधरी ग्रुपका महाप्रबन्धक आरके सिटौलाले जानकारी दिए ।
हाल दैनिक ९ हजार कार्टुन उत्पादन सुरु गरिएको उनले बताए । यसमा २ सय ३५ ले रोजगारी पाएका छन् । महाप्रबन्धक सिटौलाले भने, ‘यस क्षेत्रको मागका आधारमा उत्पादन बढाउँदै लैजाने कम्पनीको योजना छ ।’
करिब १ अर्ब लगानीमा सञ्चालित उद्योग रहेको स्थानमा अन्य कारखानासमेत राखेर ग्रुपले औद्योगिक ग्रामकै रूपमा विस्तार गर्ने योजना बनाएको छ । हाल चौधरी ग्रुपको नवलपरासीमा यस्तै ग्राम छ ।
ग्रुपले देशैभरि यस्तै पाँच वटा औद्योगिक ग्राम खोल्ने योजना बनाएको छ । यो ग्रुपको नेतृत्व नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले गर्छन् । उनी फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा छन् । ग्रुपको चाउचाउबाहेक बियर, बैंकिङ, टेलिकम्युनिकेसन्स, सिमेन्ट, जलविद्युत् लगायतका क्षेत्रमा लगानी छ ।
बर्दियाको वाइवाई प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ५ सय जना स्थानीयले रोजगारी पाउने कम्पनीले जनाएको छ । वाइवाई चाउचाउसँगै अन्य उद्योगहरू सञ्चालनमा आएमा थप रोजगारीको अवसर खुल्ने छ ।
कुनै पनी उद्योगधन्दा कलकारखाना नभएको बर्दियामा उद्योग स्थापना हुनुले त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास स्थानीयको छ ।
अन्तर्राष्ट्रिय स्तरको वाइवाई चाउचाउ उत्पादन तथा बजार प्रवद्र्धनको राम्रो सम्भावना भएको कम्पनीले जनाएको छ । वाइवाई चाउचाउ भारतमा पनि उत्पादन हुन्छ । ग्रुपले भारतमा मुख्यतया वाइवाइ चाउचाउबाट बनेका विभिन्न परिकार पाइने गरी नयाँदिल्लीमा रेस्टुरेस्ट खोल्ने तयारी पनि गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...