-->
नेपालको उर्जा विकासमा अधिक लगानी गर्ने छिन् तयार रहेको जानकारी चीनले दियो

उपराष्ट्रपति पुनले बेइजिङ्स्थित नेपाली दूतावासका अनुशार भेटमा नेपाल र चीनको दक्षिणी प्रान्त युनानबीचको सहकार्यबारे छलफल भएको छ !
युनान प्रान्तले हालैका बर्षमा हासिल गरेको आर्थिक विकासको प्रशंशा गर्दै उपराष्ट्रपति पुनले ब्यापार तथा आर्थिक संबन्ध सुदृढ गर्ने दृष्टिले ‘चाइना—साउथ एसिया एक्पो तथा टे«ड फेयर’ आयोजना गरेकोमा युनान प्रान्तलाई धन्यवाद दिए ।
उपराष्ट्रपति पुनले नेपालमा नयाँ संबिधान जारी भइसकेपछि बैदेशिक लगानीको वातावरण बनेको जनाउँदै युनान प्रान्तका उद्योगी व्यावसायिहरुलाई नेपालको उर्जा तथा पूर्वाधारमा लगानी गर्न युनान प्रान्तका गभर्नरमार्फत् आग्रह गरेको दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ ।
सो अवसरमा युनान प्रान्तका गभर्नर चेनले चीन सरकारले उपराष्ट्रपति पुनको औपचारिक भ्रमणलाई उच्च महत्व दिएको बताए । गभर्नरले उर्जा, पूर्वाधार, पर्यटन, स्वास्थ्य र शिक्षा लगायतका पारस्पारिक हितका क्षेत्रमा नेपालसँग समन्वय गर्न युनान प्रान्तले चाहेको बताए ।
चीनले सडक, रेल र समुद्रमार्फत् एसिया, मध्यएसिया, युरोप र अफ्रिकासँग जोडिएर आर्थिक तथा पूर्वाधार विकासका लागि सहकार्य गर्ने उद्देश्यले अघि बढाएको ‘वान रोड वान बेल्ट’ अवधारणको फ्रेमवर्क भित्र रहेर ‘कनेक्टिभिटी’ सुदृढ गर्ने र नयाँ अवसरहरु खोज्न भेटवार्तामा दुवै पक्षले जोड दिएको दूतावासले प्रेस विज्ञप्तिमा जनाएको छ ।
चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीति अनुशार एसियाका चार मुलुकहरु बंगलादेश, चीन, भारत र म्यानमारलाई रेल, सडक र समुद्री मार्गमार्फत् जोडेर आर्थिक विकासमा सहकार्य गर्ने तथा चीन र दक्षिण एसियाबीचको संबन्धलाई थप प्रभावकारी बनाउने रणनीति अनुशार उत्तरी छिमेकी चीनले कुन्मिङ् एक्स्पो आयोजना गर्दै आएको छ ।
बंगलादेश, चीन, भारत र म्यानमारबीचको प्रस्तावित आर्थिक करिडोर निर्माण अघि बढाउने बिषयमा एक्स्पोका अवसरमा छलफल हुने भएको छ ।
चीनले नेपाल, भारत, बंगलादेश लगायत दक्षिण एसियाली मुलुकका नेताहरु, ब्यापारिक संघस्ंस्था र उच्चपदस्थ सरकारी अधिकारीसँग ‘बिसिआइएम करिडोर’ निर्माण अघि बढाउने बिषयमा अन्र्तक्रिया गर्ने प्रभावकारी मञ्चका रुपमा एक्स्पोलाई अगाडी बढाएको छ ।
उक्त प्रस्तावित आर्थिक करिडोरमा नेपाललाई समेत सहभागी गराउने पक्षमा चीन देखिएको छ । चीनको कुन्मिङ्, बंगलादेश, म्यानमार र भारत हँुंदै चीन जोडिने उक्त इकोनोमिक करिडोरमा नेपाल समेटिनुपर्छ भन्ने चीनको चाहना रहेको कुटनीतिक स्रोतको भनाई छ ।
शुक्रबार साँझ कुन्मिङ् पुगेका उपराष्ट्रपति पुनलाई चिनियाँ नेसनल पिपुल्स कंग्रेसका स्थायी समितिका उपाध्यक्ष माओ विङ्गुओ र बेइजिङ्स्थित कार्यवाहक नेपाली राजदूत निर्मलराज काफ्लेले कुन्मिङ् अन्र्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उपराष्ट्रपति पुनले आइतबार शुरु हुने चौँथो ‘चाइना—साउथ एसिया एक्स्पोजिसन’, २४ औँ ‘इम्पोर्ट—एक्स्पोर्ट कमोडिटी फेयर’ र ११ औँ ‘चाइना साउथ एसिया बिजनेस फोरम’ को उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली दूतावासले जनाएको छ । पुनलाई आइतबारै चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ्ले भेटवार्ता गर्ने भएका छन् ।
उपराष्ट्रपति पुनको प्रतिनिधीमण्डलमा उनकी पत्नी हस्तमाली पुनमगर, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्र किशोर क्षेत्री, नेपाली कार्यवाहक राजदूत निर्मलराज काफ्ले, स्वकीय सचिव शुकबहादुर रोका र प्रेस संयोजक मनोज घर्तिमगरसहित १४ जना सहभागी छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.