-->
मनिषा मृत्युको अनुसन्धान गर्न संसदीय समिति घटनास्थलमा


काठमाडौं, २० जेठ । मनिषा मृत्यु प्रकरणलाई विषयलाई लिएर संसदको मानवअधिकार तथा न्याय समितिको टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ।

सभापति सुशीलकुमार श्रेष्ठले घटनालाई आफूहरुले गम्भीर रुपमा लिएको र सूक्ष्म तरिकाले अध्ययन गरिरहेको बताएका छन्।

अहिले नवलपरासीको बर्दघाटस्थित घटना स्थलमा पुगेर नै प्रहरीको समन्वयमा सांसद दुलारी हरिजन, जीवन श्रेष्ठ र देवकरणप्रसाद कलवार घटनाको छानबिनमा जुटिरहेको श्रेष्ठले जानकारी दिए। प्रहरीको अन्तिम प्रतिवेदन सार्वजनिक भएपछि पनि घटनाको सत्यतथ्य बारे थप छानबिन गरिने उनले बताए।

यस्तै, पोस्टमार्टममा मनीषाको मृत्यु झुन्डिएर भएको रिपोर्ट आएको वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतले बताएका छन् ।
 
मनीषा मृत्युबारे सबैमा चासो रहेकाले अहिलेसम्मको अनुसन्धान विवरणलाई सार्वजनिक गरिएको र अन्य पक्षको अनुसन्धान बाँकी रहेको नवलपरासीका प्रहरी प्रमुख चौधरीले बताए ।
 
मनीषा गत बिहीबार बिहान बर्दघाट–८ भुताहास्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट र पोलिग्राफ रिपोर्टपछि मनीषा मृत्यु घटना थप जटिल बन्दै गएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.