ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटोग्राफ दिइरहेका समयमा गोली लागेकी उनलाई उपचारका लागि स्थानयि अस्पताल लगिएको थियो । तर डाक्टरले उनलाई बचाउन सकेनन् । उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो ।
क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ । तर प्रहरीले गोली हान्नेको नाम भने गोप्य राखेको छ । अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ ।क्रिस्टिना सन् २०१४को गायन शो 'दि भ्वाइस'की प्रतिस्पर्धी थिइन् । उनले प्रतिस्पर्धामा तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।
अमेरिकी गायिकाको गोलीहानी हत्या
मियामी–अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको ओल्र्याण्डो भन्ने स्थान कन्सर्ट गरिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...