चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँ ठाउँमा पहिरो खसेपछि आइतबार बिहानदेखि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो । सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ठूला पहिरो हटाएर एकतर्फी सवारी आवागमन सुरु भएको छ ।
ठाउँ ठाउँमा पहिरो झरिरहेकाले कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने खतरा भने रहिरहेको खनालले बताए ।
बिहान ४ः३० बजेदेखि पहिराका कारण सडक अवरुद्ध बनेको थियो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किमी भागमा सात ठाउँमा पहिरो खसेको थियो ।
सोमध्ये जलवीरेमा ठूलो पहिरो खसेका कारण सफा गर्न समय लागेको खनालले बताइ ।
सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ । काटिएको भित्तो बर्सात्का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । रासस
अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...