कोरियाली नगर प्रमुखबाट नेपाली कामदार सम्मानित
कोरियामा रहेका एक नेपालीलाई कोरियाको फेनथेक नगर प्रमुख जे ग्वाले सम्मान गरेका छन् ।
सामाजिक कार्यमा उदाहरणीय कार्य गरेको जनाउँदै फेन्थेक नगरले कृष्ण पुरीलाई सम्मान गरेको हो ।
कामका लागि चार बर्षदेखि दक्षिण कोरियामा रहेका हंशपुर कास्कीका पुरी सम्मानित भएका हुन् ।
वल्र्ड पिपुल्स डेको अवसरमा आयोजित बहुसास्कृतिक मेलामा फेन्थेक नगर प्रमुख ग्वाबाट पुरीले सम्मान ग्रहण गरेका हुन् ।
फेन्थेक माइग्रेन्ट वेलफेयर नेपाली समितिका अध्यक्ष रहेका पुरीले नेपाली बीचमा परोपकारी कार्य गर्दै आएका छन् ।
भूकम्प पिडितलाई राहत संकलन लगायत आपतकालीन उद्दार कार्यका लागि उनले सक्रिय रहेर कार्य गर्दै आएका छन् ।
रोजगारीका लागि कोरिया रहेका युवाका लागि आय र सीपमुलुक परियोजना संचालन गर्न पुरी सक्रिय छन् । नेपाली सस्कृति तथा पहिचान प्रस्तुत गर्नका लागि उनकै पहलमा भजनर्कीतन पनि गरिदै आएको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...