संयुक्त राष्ट्रसंघीय महासभामा नेपाललाई सर्वसम्मतिले उपाध्यक्षमा निर्वाचित
काठमाडौ: नेपाल संयुक्त राष्ट्रसंघको ७१ औँ महासभा उपाध्यक्षमा मंगलबार निर्वाचित भएको छ। उपाध्यक्ष पदमा निर्वाचित हुनु हामी सबै नेपालीको निमित्त गौरव र हर्षको बिषय हो’ उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भने।
संयुक्त राष्ट्रसंघीय महासभाको मंगलबारको बैठकले नेपाललाई सर्वसम्मतिले उपाध्यक्ष निर्वाचित गरेको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले प्रेस विज्ञप्तिमा जनाएको छ।
महासभामा एसिया प्रशान्त क्षेत्रबाट चार उपाध्यक्ष रहने गरेका छन्।७१ औं महासभा आगामी सेप्टेम्बर १३ मा शुरु भई २०१७ डिसेम्बर महिनामा अन्त्य हुनेछ।
महासभाको उपाध्यक्षमा निर्वाचित भएसँगै नेपाल अब महासभाको आगामी तिनवटा सत्रहरुका लागि साधारण समिति सदस्य समेत बेनेको छ।संयुक्त राष्ट्रसंघमा सन् १९५५ मा आबद्द भएपछि नेपाल पहिलोपटक महासभाको साधारण समिति सदस्य बनेको नियोगले जनाएको छ।
महासभाको उपाध्यक्षमा निर्वाचित हुनु नेपालका लागि राष्ट्रसंघमा सोझै योगदान गर्न तथा त्यसमार्फत् नेपालको सकारात्मक छवि अझै प्रबर्धन गर्न नयाँ अवसर रहेको स्थायी नियोगले विज्ञप्तिमा जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...