शसस्त्र प्रहरीबाट सामुहिक बलात्कार भएको घटनाको न्यायिक छानबिन गर्न माग गर्दै
प्रधानमन्त्रीलाई ज्ञापन
कपिलवस्तु, ३२ जेठ
कपिलवस्तुको शिवराज नगरपालिका १० नौडिहवामा आईतबार साँझ भएको सामुहिक बलात्कारको घटनाकोे छानबिनको लागी न्यायिक छानबिन समिती गठनको माग गर्दै जिल्लाका अधिकारकर्मीले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
जिल्लाका अधिकारकर्मीको सामुहिक टोलीले प्रमुखजिल्ला अधिकारी ईन्दु घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो ।
सो बिषयको यथार्थ छानबिन आवश्यक रहेकाले अधिकारकर्मीहरुको सहभागीता सहितको न्यायीक छानबिन समिती गठनका लागी समेत जोडदार माग गरिएको छ ।
ज्ञापनपत्रमा बहिरा अपङ्गताभएकी (बोल्न नसक्ने) ३५ बर्षिया स्थानिय एक थारु परिवारकी महिलालाई शसस्त्र प्रहरीका जवानहरुबाट सामुहिक रुपमा गरिएको जबरजस्ती करणीको घटनाले हामी सम्पुर्ण अधिकारकर्मीलाई गम्भीर बनाएको उल्लेख छ ।
सर्बसाधारण जनताको सुरक्षा सम्बेदनशिलता प्रति उत्तरदायी बन्नु पर्ने सुरक्षानिकायमा कार्यरत सुरक्षाकर्मीबाटै यस्तो कुकृत्य हुनु निन्दनिय भएको जनाउदै घटनाको घोर भत्र्सना समेत गरिएको छ ।
घटनाको प्रारम्भिक अनुसन्धान र वस्तुस्थितीले सो घटनामा कुनै एक व्यक्तिमात्र पीडक नभएको देखिनुका साथै घटना सामुहिक रुपमा घटाईएकाले सो घटनामा एक शसस्त्र प्रहरी जवानलाई नियन्त्रणमा लिएर कारवाही र अनुसन्धान अगाडी बढाउने कार्यले मात्र न्यायिक निरुपण हुन नसक्ने अधिकारकर्मीको ठहर छ।
घटनामा संलग्न सम्पुर्ण दोषीहरुलाई कानुनी कठघरामा ल्याई न्यायिक निरुपण गर्नु पर्ने अवस्था रहेको जनाउँदै युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचाररत पीडितको अवस्था नाजुक रहेकोले निजको सम्पुर्ण उपचारको व्यवस्था मिलाई उचित न्याय दिनका साथै संलग्न सम्पुर्ण पिडकलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
गृह मन्त्री, महिला बालबालिकामन्त्री, राष्ट्रिय मानबअधिकार आयोग अध्यक्ष, राष्ट्रिय महिला आयोग अध्यक्ष, प्रहरी महानिरिक्षक र शसस्त्र प्रहरी महानिरिक्षकलाई बोद्धार्थ दिईएको ज्ञापनमा जिल्लाका ४३ संघ, संस्था, राजनैतिक दल, नागरिक समाज र सञ्चारक्षेत्रका अधिकारकर्मीको सामुहिक हस्ताक्षर रहेको छ ।
ज्ञापनपत्र बुझदै प्रजिअ घिमिरेले आफुले सो ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषण गर्ने प्रतिबद्धता जनाईन । उनले सो अपराधमा संलग्न कोही पनि नछुट्ने बताउदै अनुसन्धानमा दोषी देखिने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याईने प्रष्ट पारिन ।


0 comments
प्रतिक्रिया दिनुहोस्...