-->
गोरखालाई केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडौंः गोरखालाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान परकम्प महसुस भएको छ । 

बिहान ५ बजेर १२ मिनेटमा गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

यो परकम्पको धक्का धादिङ र लम्जुङसहितका छिमेकी जिल्लाहरुमा पनि महसुस भएको थियो । 

यो परकम्प सिन्धुपाल्चोकमा ११ दिन गएको ४.४ म्याग्निच्यूडको परकम्पपछि आएको पहिलो परकम्प हो । 

२०७२ बैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि गइरहेको परकम्प विस्तारै कम हुँदै गएको छ । 

भूकम्प मापन केन्द्रका अनुसार ठूलो भूकम्प गएयता ४ म्याग्निच्यूडमाथिका करिब साढे चार सयवटा परकम्प गइसकेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.