क्रोएसियाका लागि घातक बन्यो अन्तिमको १५ मिनेट
असार ४ – युरोकप अन्तर्गत आफ्नो दोस्रो खेलमा क्रोएसिया बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेक रिपब्लिकले क्रोएसियालाई २–२ को बराबरीमा रोकेको हो ।
७५ औं मिनेटसम्म २–० को अग्रता लिएर पनि क्रोएसिया बराबरीमा रोकिन बाध्य भयो । ३७ औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि पहिलो हाफमा क्रोएसियाले १–० को अग्रता लियो ।
५९ औं मिनेटमा इभान रेकिटिकले क्रोएसियाको अग्रता दोब्बर पारे । चेक रिपब्लिकलाई दबाबमा राखे पनि क्रोएसियाले अग्रता कायम गर्न सकेन ।
७५ औं मिनेटमा मिलान स्कोडा तथा ८९ औं मिनेटमा टोमस नेसिडले पेनाल्टी मार्फत गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो ।
क्रोएसिया चेक रिपब्लिकसँग अंक बाँड्न बाध्य भयो । समूह डीमा रहेको क्रोएसियाको चार तथा चेक रिपब्लिकको एक अंक भएको छ ।
पहिलो खेलमा क्रोएसियाले टर्कीलाई १–० ले हराएको थियो । चेक रिपब्लिक भने स्पेनसँग १–० ले नै पराजित भएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...