अमेरिकी हलहरुमा ‘कालो पोथी’ प्रदर्शन सुरु
नेपालका फिल्म हलहरुमा तेस्रो हप्तामा चलिरहेको फिल्म ‘कालो पोथी’ अमेरिकी हलमा पनि नियमित प्रदर्शन सुरु भएको छ। स्थानिय 'भास्टिका इन्क'काे प्रायाेजनमा शुक्रबारदेखि अमेरिकी सहर टेक्ससको डालसबाट फिल्मको नियमित प्रदर्शन सुरु भएको छ।
अमेरिकावासी नेपालीहरुको पहलमा डालसको मकार्थरस्थित हलिउड थिएटर र रिचार्डसनस्थित फन एसिया हलमा एक हप्तासम्म कालो पोथी प्रदर्शन हुने नेपाली व्यवसायी गाैरी जाेशीले बताए। फिल्मकाे टिकटदर १५ अमेरिकी डलर राखिएकाे छ।
नेपाली फिल्म समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मलाई टेक्ससपछि कोलोराडो, सियाटल, बोस्टन, सनफ्रान्सिसकोलगायत अमेरिकी सहरका हलमा प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...