आइएसको खतराले डरायो अमेरिका
जेठ २१ – विद्रोही समूह इस्लामिक स्टेट आइएसले पहुँच र गतिविधि बढाएको भन्दै अमेरिका त्रसित बनेको छ । अमेरिकाको विदेश विभागले वार्षिक प्रतिवेदन निकाल्दै सन् २०१५ मा विद्रोही समूह इस्लामिक स्टेट आइएसले पहुँच र गतिविधि बढाएकाले खतरा रहेको जनाएको छ ।
अमेरिकाले इरानलाई आतंकवाद सबैभन्दा बढावा दिने देश भएको आरोप पनि लगाएको छ । अमेरिकी विदेश मन्त्रालयले विद्रोही संगठन लश्कर ए तोएबा, जेश ए मोहम्मद र
हक्कानी नेटवर्क विरुद्ध इरानले ठोस कारबाही गर्न नसेको जनाएको छ । इरानले अन्तर्राष्ट्रिय समुदायसँग परमाणु सम्बन्धी सम्झौता गरेपनि विद्रोही संगठनलाई प्रशिक्षण तथा आर्थिक सहयोग गरिरहेको अमेरिकाको दाबी छ ।
प्रतिवेदनमा सन् २०१५ मा विद्रोही संगठन विरुद्धको कारबाही १३ प्रतिशतले घटेको जनाएको छ । इराक र सिरियामा आइएसले कब्जामा लिएको ठाउँ नियन्त्रणबाहिर हुँदै गएको र
विश्वभर आइएसको खतरा रहेको प्रतिवेदनले जनाएको छ । यस्तै बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएको पाइएको छ ।
पाकिस्तानमा आतंकवादसँग सम्बन्धित घटनामा कमी आएपनि त्यहाँको स्कूल भने निशानामा परेको प्रतिवेदनले औंल्याएको छ । पाकिस्तानमा विद्रोही विरुद्ध कारबाही भएपनि अफगान तालिवान र हक्कानी नेटवर्क विरुद्ध प्रभावकारी कारबाही हुन नसकेको अमेरिकी विदेश विभागले जनाएको छ ।
- एजेन्सीकाे सहयाेगमा

0 comments
प्रतिक्रिया दिनुहोस्...