-->
“विश्व शान्ति नगर लुम्बिनी, नेपाल” अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा आयोजना हुने

बेल्जियम । नेपालको राष्ट्रिय गौरव गौतम बुद्धको शान्ति सन्देशको विश्वव्यापी प्रचारप्रसारका साथै बुद्धको जन्मस्थल लुम्बिनी,नेपालको प्रवर्धन गर्ने कार्य गर्दै आइरहेको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले बुद्ध जयन्तीको सन्दर्भमा २२ मई २०१६ का दिन सफलतापुर्वक साधारण सभा सम्पन्न गरे पछि यसै सप्ताहको अन्तमा बेल्जियमको लुभेन शहरमा आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले उक्त बैठकको अध्यक्षता गरेका थिए ।

बैठकले अभियानलाई संस्थाको रुपमा रुपान्तरण गर्ने निर्णय गरे अनुसार संस्था दर्ता भए लगतै कार्यकारी सदस्यहरु र सल्लाहकारहरुको मासिक लेभी १० युरो बैंकमार्फत डोमीसिलिएरिङ्ग गर्ने र संस्थाको साधारण सदस्यहरुको लागि वार्षिक सदस्यता शुल्क १२ युरो तय गरेको छ ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा आगामी २७ नोभेम्वर २०१६ का दिन होटेल बेड्फोर्ड एण्ड कंग्रेस सेन्टर ब्रुस्सेल्स, बेल्जियममा गरिने “विश्व शान्ति नगर लुम्बिनी, नेपाल” नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल बनाउन अभियानका सबै सदस्यहरुले सम्मेलनका लागि सहभागीहरु र कार्यक्रमका लागि स्पोन्सरहरु जुटाउन पहल गर्ने निर्णय भयो ।

अन्य संस्थाहरुबाट अभियानलाई गरिएको निमन्त्रणामा अध्यक्ष सहभागी हुने, यदि अध्यक्ष सहभागी हुन नसक्ने अवस्थामा अध्यक्षले तोकेको कुनै पनि सदस्यले अभियानको तर्फबाट सहभागिता जनाउने तय गरियो ।

१६, १७ र १८ सेप्टेम्वर २०१६ का दिन सोलीडेर साप्ताहिक र डाक्टर फर दि पिपुलको संयुक्त आयोजनामा बेल्जियमको ब्रेदेनेमा हुदै आईरहेको सोलिडारिटी फेस्टिवल “मानिफ़िएस्ता” मा संस्थाको तर्फबाट सहभागिता जनाउदै अभियानले नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित नेपाली खानाको बिक्रि गरेर संस्थाको लागि फण्ड रेज गर्न एउटा स्टल लिन पहल गरिने निर्णय गरियो



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.