-->
नयाँ शक्तिको सांसद हुन औंठाछाप भएपनि काम चल्ने

काठमाडौँ, असार । नयाँ शक्ति नेपालको राजधानीमा राष्ट्रिय भेला चलिहरहँदा आर्थिक सुशासनदेखि राष्ट्र विकाससम्मको नयाँ नयाँ योजनाहरु बनाइए । र सोही अनुरुपका तथ्यहरु पनि बाहिर आएका थिए ।   त्यसै मध्येमा एउटा थियो नयाँ शक्ति नेपालको तर्फबाट सांसद बन्न न्यूनतम स्नातक तह उत्तीर्ण हुनै पर्ने भन्ने सर्त ।   तर त्यो सर्त धेरै दिन टिक्न सकेन । नयाँ शक्ति नेपालको अग्रभागमै रहने कतिपय चल्तीकै अनुहार पनि स्नातक उत्तीर्ण नभएका कारण यो विषयलाई कतिपयले सामाजिक सञ्जालहरुमा समेत हासि मजाकको विषय बनाएका थिए ।   यद्यपी नयाँ शक्ति नेपालले भने सांसद बन्न स्नातक तह उत्तीर्ण हुनै पर्छ भन्ने प्रावधान आफूहरुले कहि कतै नराखेको स्पष्ट पारेको छ । सांसदको उम्मेदवार हुन स्नातक तह वा सो सरहको औपचारिक शिक्षा हुनुपर्ने व्यवस्था गरिएको भन्ने कुरा हल्ला मात्र भएको जनाएको छ ।     पार्टीले राष्ट्रिय भेलाको छलफल सत्रमा सांसदको उम्मेदवार हुन शैक्षिक योग्यताबारे प्रस्तुत दस्तावेजको मस्यौदामा कुनै प्रसङ्ग नभएको प्रवक्ता खिमलाल देवकोटाविज्ञप्ती मार्फत स्पष्ट पारेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.