स्पेनको शानदार जित, पुग्यो अन्तिम १६ मा
असार ४ – स्पेन युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । लगातार दोस्रो जितसँगै दुई पटकको डिफेन्डिङ च्याम्पियन स्पेनले समूह चरणको एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।
शुक्रबार राति नाइसमा भएको खेलमा स्पेनले टर्कीलाई ३–० ले हरायो । स्पेनको जितमा अलभारो मोराटाले दुई तथा नोलिटोले एक गोल गरे । स्पेन जारी युरोकपमा दुई भन्दा धेरै गोल गर्ने पहिलो टिम बनेको छ ।
३४ औं मिनेटमा मोराटाले व्यक्तिगत पहिलो गोल गर्दै स्पेनलाई अग्रता दिलाए । नोलिटोले ३७ औं मिनेटमा गोल गरेपछि स्पेनले पहिलो हाफमा २–० को अग्रता लियो ।
दोस्रो हाफको तेस्रो मिनेटमा नै मोराटाले स्पेनको अग्रता ३–० मा पु¥याए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र स्पेन ३–० ले विजयी भयो ।
टर्कीले गोल गर्ने केही मौका गुमायो । खेलमा अधिकंश समय टर्की स्पेनको दबाबमा थियो । टर्कीले एक पटक पनि सही पोस्ट प्रहार गर्न सकेन ।
समूह डीमा रहेको स्पेनले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई १–० ले हराएको थियो । टर्कीको भने यो दोस्रो हार हो । पहिलो खेलमा टर्की क्रोएसियासँग १–० ले पराजित भएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...