-->
मेसी भन्छन्–अमेरिका र मेक्सिकोले कोपा अमेरिका जित्न सक्छन्

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले कोपा अमेरिकाको उपाधि आयोजक राष्ट्र अमेरिका र मेक्सिको दुवैले उपाधिका जित्न सक्ने बताएका छन्।
 
मेसीले संयुक्त राज्य अमेरिका र मेक्सिको दुवै टोलीले कोपा अमेरिका जित्न सक्ने क्षमता राख्ने बताएका हुन्। ‘अमेरिका र मेक्सिको दुवै उपाधिका दाबेदार हुन्, स्थानीय भएरमात्रै होइन उनीहरुसँग त्यो खालको खेलको गुणस्तर पनि छ,’ एक पत्रिकासँगको कुराकानीमा मेसीले भनेका छन्।  
 
मेसीको राष्ट्र अर्जेन्टिनाले कोपा अमेरिकाको गत वर्षको उपविजेता हो। अर्जेन्टिनालाई यो संस्करणको उपाधिको दाबेदारको रुपमा लिइएको छ तर मेसीले भने अमेरिका र मेक्सिकोले उपाधि उचाल्न सक्ने अभिव्यक्ति दिएका छन्। 
 
मेसीको राष्ट्र अर्जेन्टिना कोपा अमेरिकाको समूह डीमा चिली पनामा र वोलिभियासँगै छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.