टोकियोः जापानको उत्तरी इलाकामा जङ्गलमा वाँसका तामा खोज्न हिँडेका चार जना गाउँलेलाई भालुले आक्रमण गर्दो मृत्यु भएको छ ।
उत्तरी जापानमा अवस्थित एक ग्रामीण इलाकामा गएका तीन हप्ताभित्र छुट्टाछुट्टै भएका भालुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
एक महिलासहित चार जनाको मृत शरीरमा भालुले टोकेका डामहरु भेटिएको पाइएको कोजुनो प्रहरी कार्यालयका प्रवक्ता नोबुरु ओबुकावाले बताए ।
करिब २.५ किलोमिटरको हिमाली भूभागमा भएको उक्त घटनामा मारिनेमा प्रायः ६५–७० उमेर समूहका वृद्धवृद्धा रहेका छन् ।
प्रहरीले उक्त क्षेत्रमा सावधानीका साथ हिँड्न गाउँलेलाई सचेत गरेको छ ।
जापानको वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१४ को अप्रिलदेखि सन् २०१६ को मार्च सम्ममा १६८ भालु आक्रमण भएका र त्यसबाट १७६ मानिसको मृत्यु तथा घाइते भएका जनाइएको छ । एजेन्सी
उत्तरी जापानमा भालुको आक्रमणबाट चारको मृत्यु
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...