खोपमा वार्षिक दुई अर्ब खर्च
काठमाडौँ-नेपालमा विभिन्न खोपका लागि वार्षिक दुई अर्ब नेपाली रुपैयाँ खर्च हुने गरेको छ । जन्मेदेखि एक वर्षसम्मका साढे छ लाख बालबालिकाका लागि वार्षिकरुपमा उक्त रकम खर्च हुने गरेको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले बताए ।
उक्त रकमको ६१ प्रतिशत खर्च ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमिनाइजेसन (गाभी) ले अनुदानस्वरुप व्यहोर्ने गर्छ भने बाँकी रकम भने नेपाल सरकारले व्यवस्थापन गर्दै आएको छ । खोप शाखाका अनुसार हालसम्म ८७ प्रतिशत नेपाली खोपको पहुँचमा रहेका छन् भने १७ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् ।
पूर्ण खोपयुक्त जिल्ला हुनेमा कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बझाङ, प्यूठान, गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, म्याग्दी, तनहुँ, मुस्ताङ, दोलखा, धनकुटा, तेह्रथुम र इलाम रहेका छन् । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...