कुनै पनि कलाकारका लागि हलमा एकपछि अर्को
चलचित्र आइरहनु, घाटा होला कि नाफा । हेर्दा,
कलाकारका लागि यो फाइदाकै कुरा हुनेछ ।
तर, लगातार एउटै कलाकारको चलचित्र हलमा
लाग्दा दर्शकले पत्याउने संभावना कमजोर बन्छ । यसैले,
कलाकारहरु एकपछि अर्को चलचित्र समय मिलाएर
खेल्छन् र त्यही अनुसार प्रदर्शन पनि गर्छन् ।
तर, चैत्र महिनालाई हेर्ने हो भने नायक सविन श्रेष्ठको
चलचित्र लगातार लाग्ने देखिएको छ । चैत्र
महिनामा सविनले अभिनय गरेका ३ चलचित्र हलमा
लाग्नेछन् । जसले, यी नायकलाई फाइदा होइन घाटा
हुने देखिन्छ ।
सविनको चैत्र ५ गते ‘भाग् सानी भाग्’ नामक
चलचित्र हलमा लाग्दैछ । यो चलचित्रबाट सविन
श्रेष्ठ धेरै नै आत्मविश्वासी छन् । यस्तै, चैत्र १२ गते महंगो
बजेटमा बनेको चलचित्र ‘लक्ष्य’ हलमा लाग्दैछ ।
सविनका लागि यो चलचित्र विशेष यसकारण छ कि,
यो चलचित्र चल्नका लागि उनको क्रेज आवश्यक छ ।
नायिका रेखा थापासँग सविनले अभिनय गरेको
चलचित्र ‘रामप्यारी’ चैत्र २६ गते लाग्दैछ । यो
चलचित्रमा रेखाको क्रेजले सविनलाई ओझेलमा पार्न
सक्छ । तर, पनि सविन लगातार हलमा देखिनेछन् ।
नेपाली चलचित्रमा नायकको कारण चलचित्रको डेट
पक्का गरिने अवस्था छैन । यसैले पनि कलाकारहरु
चलचित्रमा काम गर्नुलाई मात्र आफ्नो दायित्व
ठानिरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...