काठमाडौं । सरकारका खम्बा ठहरिएका
उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी
शर्मा ओलीबीचको सम्बन्ध काठमाडौंको
कठ्यांग्रिदो चिसोभन्दा पनि चिसो भएको छ ।
आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको तर,
रातारात कमल थापा लोकप्रिय हुँदै आफ्नो
व्यक्तित्वलाई नै छायाँमा पारेको आभास हुँदै
गएपछि अहिले थापाको कुनै पनि कदम खतरा हुन
थालेको छ ।
थापाको चीन भ्रमणको पूर्वसन्ध्यामा ओली बुझ्ने
गरी यो संकेत सार्वजनिक मात्र गरेनन्,
प्रतिनिधिमण्डलमा रातारात कानुनमन्त्री थपेर
थापाप्रति विश्वास नरहेको सन्देशसमेत प्रवााह
गरेका छन् । विशेषगरी थापाको दुईपटकको भारत
भ्रमणबाट प्रधानमन्त्री ओलीले आफू किनरामा
परेको अनुभव गरेका छन् ।
भारत, जेनेभा र बेलायत भ्रमणपछि अन्तर्राष्ट्रिय
रुपमा उपप्रधानमन्त्री थापाको उचाई ओलीको
भन्दा माथि पुगेको आभास हुँदै थियो । थापाले
जेनेभामा भारतीय अधिकारीहरुलाई नेपालको
हितमा दिएको जवाफ, बेलायतमा कर्णेल कुमार
लामाको रिहाई र गोर्खा सैनिकको पेन्सनको
मामिला उठाएर फर्किएका उनलाई भावी
प्रधानमन्त्रीको रुपमा पनि कतिपय ठाउँमा चर्चा
गर्न थालिएको छ । तरुण साप्ताहिकमा समाचार
छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...