धनगढी, १३ पुस । यू-२९ नेपाली क्रिकेट टोलीका
कप्तान राजु रिजाल धनगढीको टिम सन्तोषी
टोलमा अनुबन्धित भएका छन् ।
धनगढी क्रिकेट एकेडेमीले आगामी फागुन १ गते देखि
आयोजना गर्न लागेको धनगढी क्रिकेट लिग भाग
३ का लागि धनगढीमा आइतबार सम्पन्न
लिलामीमार्फत रिजाल सर्वाधिक ४०
पारिश्रमिकसहित सन्तोषी टोलमा आवद्ध भएका
हुन् ।
टिम सन्तोषी टोलसँगै कैलालीका पाँच टिमका
मालिकहरुले खेलाडीहरुलाई लिलामीमार्फत
आफ्नो टोलीमा सामेल गरेका छन् । क्रिकेटलाई
व्यवसायिक बनाउने उद्देश्यले धनगढी क्रिकेट
एकेडेमीले नेपाल मै पहिलो पटक खेलाडीहरुलाई
अक्सनमार्फत पारिश्रमिकको व्यवस्था समेत गरेको
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले
जानकारी दिए ।
रिजालका साथै टिम सन्तोषी टोलमा सुरेश भट्ट
(८ हजार), विप्लव विष्ट (११ हजार), महेश
अधिकारी (१० हजार), युवराज थापा (६ हजार),
सुनिल धमला (२८ हजार), नोरेन अन्सारी (१३
हजार), प्रकाशजंग कार्की (९ हजार), अमन
भण्डारी (६ हजार) भोजराज भट्ट (६ हजार), प्रेम
औजी (६ हजार), टेकेन्द्र बोहरा (६ हजार), अमित
बुढा (६ हजार), अमित साहु (७ हजार), रोशन
अधिकारी (१४ हजार)मा अनुबन्धित भएका छन् ।
त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका सदस्य विनोद
भण्डारी टिम अत्तरियामा अनुबन्धित भएका छन् ।
उनी ३६ हजार पारिश्रमिकसहित टिम
अत्तरियामा आवद्ध भएका हुन् ।
टिम अत्तरियामा विनोदका अलावा नरेन्द्र
अवस्थी (६ हजार), योगेश भाट (६ हजार), विवेश
सिंह (९ हजार), नविन भण्डारी (८ हजार), नरेश
बोहरा (१२ हजार), सुरेश चन्द (२२ हजार), मेहबुब आलम
(१८ हजार), ज्ञानेन्द्र कुँवर (१६ हजार), पुरन थापा
(६ हजार), दिपेन्द्र खत्री (६ हजार), शैलेश कठायत
(६ हजार), सञ्जय पन्त (६ हजार), असफाक अन्सारी
(६ हजार), हिक्मत सेट्टी (६ हजार)मा अनुबन्धित
भएका छन् ।
यसैगरी क्रिकेटर ललित सिंह भण्डारीलाई टिम
क्याम्पसरोडले ३६ हजारमा किनेको छ ।
टिम क्याम्पसरोडमा राजन शेरचन (६ हजार), सागर
भण्डारी (२० हजार), आषिश बम (१० हजार), रवि
चन्द (१६ हजार), ललितसिंह भण्डारी (३६ हजार),
लोकेश बम (१९ हजार), सन्तोष भट्ट (१८ हजार), राम
रावल (८ हजार), सन्तोष थापा (६ हजार),
प्रकाशसिंह ऐरी (६ हजार), पारस रावल (८ हजार),
अमर धानुक (७ हजार), सरोज ऐर (६ हजार),
नारायण जोशी (११ हजार)मा अनुबन्धित भएका
छन् ।
त्यस्तै धनगढीका युवा खेलाडी यम कार्कीलाई
टिम चौराहाले ३२ हजारमा आफ्नो टीममा आवद्ध
गरेको छ उनीसँगै राष्ट्रिय खेलाडी भुवन
कार्कीलाई पनि टिम चौराहले २८ हजारमा
अनुबन्ध गरेको छ । टिम चौराहमा आवद्ध अन्य
खेलाडीहरुमा सन्दिप जोरा (१४ हजार),
सुवाससिंह ठकुरी (८ हजार), अम्वादत्त जोशी (८
हजार), विपिन रावल (६ हजार), दिपेन्द्र थापा (८
हजार), सोनु तामाङ (११ हजार), भुवन कार्की (२८
हजार), अमन पन्थी (१० हजार), पवन कार्की (६
हजार), दिपेश चन्द (१० हजार), किरणकुमार ठगुन्ना
(१० हजार), अर्जुन साउद (१५ हजार) एमपी सिंह (६
हजार), प्रदीप केसी (६ हजार) रहेका छन् ।
धनगढी क्रिकेट लिगको अर्काे टिम टिम हसनपुरले
विनोद लामालाई सर्वाधिक २० हजार रुपैयाँमा
आवद्ध गराएको छ । उमेर समुहमा उनले नेपालका
लागि अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका
छन् । हसनपुरले भिम सार्कीलाई १९ हजार, ज्ञानेन्द्र
क्षेत्री तथा प्रकाश थापालाई समान १८/१८
हजार पारिश्रमिक दिएर आफ्नो टीममा अनुबन्ध
गरेको छ ।
यसैगरी टिम हसनपुरमा अनुबन्धित हुने खेलाडीहरुमा
हरिशाब देवकोटा (१२ हजार), दिपन शर्मा (९
हजार), मनोज ठगुन्ना (८ हजार), आयुब चन्द (६
हजार), सुबोध ऐर (१० हजार), बसन्त थापा (८
हजार), बसन्त सिंह कार्की (७ हजार), अमित पौडेल
(६ हजार), किरण चन्द (९ हजार), ललित बम (१६
हजार), निराजन सिंह (६ हजार) रहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...