-->
लोकमानलाई ज्यान मार्ने धम्की


काठमाडौं – भ्रष्टाचार नियन्त्रणका
निम्ति अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले आक्रामक कारबाही सुरु
गरेपछि प्रमुख आयुक्त लोकमानसिंह
कार्कीलाई ज्यान मार्नेसम्मका धम्की
आउन थालेको छ । कार्कीलाई उनको
सचिवालयका कतिपय कर्मचारी तथा
उनका निकटस्थ भनी चिनिएका
व्यक्तिहरुको टेलिफोनमार्फत धम्की
आउन थालेको र सशस्त्र प्रहरीका
बहालवाला तथा अवकाशप्राप्त
प्रमुखहरुलाई कारबाहीको दायरामा
ल्याएपछि यो क्रम बढेको बुझिएको छ

त्यसअघि अकुत सम्पत्ति आर्जन गरेको
आशंकामा उच्च राजनीतिक एवम्
प्रशासनिक तहका उनन्तीस
व्यक्तिहरुलाई अनुसन्धानको सीमामा
ल्याउन अख्तियारले पत्र काटेदेखि नै
कार्कीलाई धम्की आउने क्रम सुरु भएको
थियो । सशस्त्र प्रहरी बलका
तत्कालीन प्रमुख कोषराज वन्त तथा
पूर्वप्रमुखहरु सनतबहादुर बस्नेत, वासुदेव
ओली र शैलेन्द्र श्रेष्ठलगायतले भ्रष्टाचार
गरेको प्रमाण फेलापरेपछि अख्तियारले
उनीहरुविरुद्द कारबाही सुरु गरेको
थियो । कारबाहीमा परेपछि
कोषराज वन्त अलिक बढी आक्रोसित
बनेको र उनले लोकमानविरुद्द
जथाभावी बोल्दै हिँडेको सूचना
अख्तियारले प्राप्त गरेको छ । आजको
घटना र विचार साप्ताहिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.