पौष १४ गते स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको
दिन । नायिका स्वेता खड्काले श्रीलाई संझदै अनाथ
बालबालिकालाई न्यानो कपडा वितरण गरेकी
छिन् । घर आगन नेपालमा रहेका ११ जना अनाथ
बालबालिका, २ जना दृष्टिबिहिन र २ जना
शारीरिक रुपमा असक्त भएका व्यक्तिलाई उनले
जाडोका न्यानो कपडा वितरण गरेकी हुन् ।
उनले भनिन्-‘मैले जहिलेबाट उहाँलाई चिने, उहाँ
यसैगरि असाहयलाई सहयोग गर्न मनपराउनु हुन्थ्यो ।
यसैले मैले पनि उहाँको जन्मदिनमा उहाँले नै गर्ने काम
गरेकी हुँ ।’
उनले आफूलाई बालबालिकाको ओठमा मुस्कान देख्दा
खुशी लागेको भन्दै श्रीपनि यसरी नै खुशी भएको
बताइन् । स्वेतासँगै उनका गुरु नृत्य निर्देशक बसन्त श्रेष्ठ
पनि घर आगन पुगेका थिए । न्यानो कपडा वितरण
गरेपछि स्वेताले जाडोमा कपडाको अभावमा धेरै
बालबालिका छटपटिने भन्दै सहयोगका लागि अपिल
गरिन् । स्वेताले आफूलाई जाडोले कोही पीडित
भएको खबर सुन्दा दुख लाग्ने पनि सुनाइन् । उनले सबैले
सहयोगी हात बढाएको खण्डमा यस्ता खबर सुन्न
नपर्ने पनि बताइन् । स्वेताले आफू सधै नै समाजसेवामा
लाग्ने बताइन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...