पुस १५, २०७२- लेस्टर सिटीले
किङ पावर स्टेडियममा
म्यानचेस्टर सिटीसँगै गोलरहित नतिजा
निकाल्दै मंगलबार प्रिमियर लिगको
शीर्षस्थानमा रहेको र्आसनलसँग अंक
बराबरी गरेको छ ।
सबभन्दा बढी गोल गरेका दुई टिमको
प्रतिस्पर्धा आकर्षक थियो । तर
गोलकिपरहरु केस्पर स्किमिसेल र जोए
हार्टले उस्तै आकर्षक खेल प्रदर्शन गरे ।
पहिलो हाफको अन्त्यमा लेस्टरले
पाएको सबभन्दा राम्रो अवसरलाई
जेमी भार्डीले उपयोग गर्न सकेनन् । मध्य
सेप्टेम्बरयता विपक्षी मैदानमा खेल
जित्न असफल सिटीका रहिम स्टिर्लिङ
र निकोलस ओटामेन्डी पनि गोलनजिक
पुगेका थिए ।
लेस्टरको प्रिमियर लिगमा अपराजित
यात्रालाई ११ खेलमा पुगेर लिभरपुलले
शनिबार पूर्णविराम लगाएको थियो ।
लेस्टर र आर्सनलको १९ खेलमा समान ३९
अंक छ । तर राम्रो गोल अन्तरको
आधारमा आर्सनल शीर्षस्थानमा छ ।
तीन अंक अन्तरसहित तेस्रोमा छ, सिटी
।
‘यो नतिजा राम्रो भयो,’ लेस्टरका
किपर केस्परले भने, ‘उनीहरुले केहि अवसर
पाएका थिए र हामीले पनि । थोरै
निरास पनि छौं । तर हामीले अंक
पायौं । हामी राम्रो टिम हौं र
यसलाई गएको सिजनको अन्त्यमा
प्रमाणित गरेका थियौं । र, यसपल्ट
पनि सही दिशामा छौं ।’ उनले थपे,
‘हामी बल्ल आधा बाटोमा मात्र
आइपुगेका छौं । अझै लामो बाटो तय
गर्न बाँकी नै छ ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...