-->
‘मधेसका ठेकेदार कराउँदैमा सीमांकन परिवर्तन हुँदैन, को कहाँ बस्ने त्यो अधिकार जनताको हो’


जनतालाई राहत दिने कार्यक्रम ल्याउन
सरकारलाई सुझाव

इटहरी, ७ पुस । नेकपा एमालेका महासचिव ईश्वर
पोखरेलले केहि ठालुहरुले भनेका भरमा सीमाङ्कन
हेरफेर नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सुनसरीले आज विहान
इटहरीमा आयोजना गरेको पत्रकार भेटघाटमा
बोल्दै महासचिव पोखरेलले को कहाँ बस्ने हो त्यो
अधिकार जनतालाई भएको बताउनुभयो । उहाँले
सर्लाहीका केहि ठालुले भनेको भरमा कुन क्षेत्रलाई
कुन प्रदेशमा सार्ने काम नहुने दावी गर्नुभयो ।
उहाले भन्नुभयो– ‘सीमाङकन बद्लिनै नसक्ने हैन् ।
अभ्यास, अनुभव र औचित्यका आधारमा बदल्न
सकिन्छ । तर केहि ठालुहरुले भन्दैमा परिवर्तन हुँदैन् ।’
महासचिव पोखरेलले देशको स्वाभिमान बचाउँन
आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नाराले मात्र
स्वाभिमान नबस्ने भन्दै आत्मनिर्भर हुनुपर्ने
बताउनुभयो । नीति, योजना, कार्यक्रम र
आचरणमा आत्मनिर्भर हुनुपर्ने उहाँको भनाई छ ।
सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुमा
आत्मनिर्भरता देखाउनुपर्ने उहाँको धारणा छ ।
संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै
महासचिव पोखरलेलले संविधानको विषयमा
मधेशमा भ्रम फैलाएको आरोप लगाउनुभयो । त्यो
भ्रम चिर्न एमालेले तीन महिने अभियान सुरु गरेको
उहाँको भनाई छ ।
एमाले सुनसरीको दोस्रो जिल्ला परिषदका
लागि आउनुभएका महासचिव पोखरेलले अहिलेको
संक्रमणकालिन असहतालाई चिर्दै जनतालाई
राहात दिन सरकारले विषेश कार्यक्रम ल्याउनुपर्ने
उहाको भनाइ थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.