भण्डार गरेर राखिएको खाद्य सामाग्री कुहिएपछि
गाड्न थालियो
७
पुस,सिन्धुपाल्चोक । भूकम्प पीडितहरुका लागि
वितरण गर्न ल्याइएको ठुलो मात्राको खाद्य
सामग्री कुहिन थालेपछि विश्व खाद्य कार्यक्रम
(डब्लुएफपीले) गाड्ने तयारी गरेको छ ।
सदरमुकाम नजिकै रहेको खाद्यको गोदाममा रहेको
सयौ किलो चामल लगायतका अन्य सामग्री कुहिन
थालेपछि त्यसलाई गाड्ने तयारी विश्व खाद्यले
गरेको हो ।
सुरुदेखि नै कुहिएको चामल भुकम्प पीडितहरुलाई वितरण
गरेको आरोप लाग्दै आएको विश्व खाद्ययले अहिले भने
पीडितहरुलाई समस्यामा चामल लगायत अन्य खाद्यय
सामग्री वितरण नगरी राखेको थियो ।
मेलचौर स्थित खाद्ययको कार्यालयमा गोदाम
गरेको सामग्री कुहिदै गएपछि स्काभेटर लगायर गाड्ने
तयारी भएको स्रोतको दाबी छ । भूकम्प पीडितहरु
भने खान नपाई भोकै बस्नु परेको बेला विश्व खाद्ययले
भने पीडितहरुको लागि आएको सामग्री वितरण
नगरी कुहाएर राखेको थियो ।
डब्लुएफपीकी जिल्ला प्रतिनिधि चिजा
भण्डारीसँग सम्र्पक गरेर यसको जानकारी लिन
खौजदा उनीसँग सम्र्पक हुन सकेन । विश्व खाद्ययको
मेलचौर स्थित गोदाममा मंगलबार दिउँसो
सञ्चारकर्मी पुग्दा नेपाली पत्रकारहरुलाई त्यहाँ
भित्र जाने अनुमती छैन भन्दै भित्र प्रवेश गर्न रोक
लगाइएको थियो ।
पुसको कठ्याँगि्रदो चिसोमा खानासमेत नपाएर
भुकम्पपीडित बिच्चलीमा परेको बेला खाद्ययले भने
उनीहरुकै लागि आएको र वितरण नगरी कुहाएर राखेर
आठ महिनापछि सामग्री गाड्ने तयारीमा छ ।
विश्व खाद्यय मार्फत विभिन्न दात्तृ निकायले
भुकम्पपीडितहरुलाई वितरणका लागि चामल लगायत
अन्य सामग्री पठाएको थियो । रेडक्रस लगायत
विभिन्न संघ संस्थालाई यस अघि नै चामल दिएर विश्व
खाद्ययले विभिन्न गाविसमा वितरण गरेको चामल
समेृत कुहिएको स्थानीयले बताउदै आएको थियो ।
पहुँचवालको रुपमा चिनिएको विश्व खाद्ययले
त्यतीबेला पनि स्थानीय प्रशासनलाई अटेर गरेको
थियो । यस सम्बन्धी समाचार प्रकाशित भएपनि
जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने तयारी
गर्दा माथील्लो निकायको दबाबमा केही गरीएको
थिएन ।
भुकम्पपछि सिन्धुपाल्चोकमा आएका आइएनजीओहरु सेभ
द चिल्ड्रेन, आइओम, अक्सफम, वल्र्ड भिजन, प्लना नेपाल
लगायत संघ संस्थाहरु पहुचवाल संस्थाको रुपमा
गनिएका थिए ।
भुकम्पपीडितहरुको लागि आएको रकममा कर्मचारीहरुले
नै मोज गर्ने गरेको ति संघ संस्थाहरुलाई आरोप लाग्दै
आएको छ । स्थानीय प्रशासनले भने यस विषयमा
अनभिज्ञता व्यक्त गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...