७ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले सरकारको तीनबुँदे प्रस्ताव अस्वीकार गरेको
छ । साथै उसले आन्दोलन नरोक्ने निर्णय गरेको छ ।
सरकारको तीनबुँदे प्रस्तावबारे धारणा तय गर्न संघीय
समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा
बैठक बसेको थियो । बैठकले सरकारको प्रस्ताव अमूर्त र
दृष्टिकोणविहीन भएको भन्दै स्वीकार नगर्ने निर्णय
गरेको छ ।
बैठकपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले
भने-‘सरकारको प्रस्ताव अमूर्त र दृष्किोणहीन छ । र,
उसले निकास दिँदैन । यो हामीलाई स्वीकार्य छैन ।’
सरकारले संसदमा दर्ता भएको संविधान संशोधन
विधेयक अघि बढाउने, राजनीतिक संयन्त्र बनाएर
सीमांकनबारे तीन महिनाभित्र निर्णय गर्ने र
नागरिकता लगायतका विषयमा वार्ताबाट सहमति
गर्ने प्रस्ताव अघि सारेको छ ।
मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी गरेको भारतले
समेत तीनबुँदेको स्वागत गरेको छ । तर, मधेसी मोर्चालेे
भने सीमांकन परिर्वतन आफ्नो वटमलाइन भएको भन्दै
सरकारको प्रस्ताव अस्वीकार गरेको छ । फोरम
अध्यक्ष यादवले भने-‘सीमांकन बटमलाइन हो । यो
नभएसम्म आन्दोलन रोकिँदन । फिर्ता हुँदैन ।’
संयन्त्र बनाएर सीमांकनबारे तीन महिनाभित्र टुंगो
लगाउने प्रस्ताव मान्य नहुने भदै मोर्चाका नेता
यादवले राजनीतिक संयन्त्र कि षड्यन्त्र भनेर प्रश्न गरे ।

0 comments
प्रतिक्रिया दिनुहोस्...