-->
यू १९ विश्वकपका लागि राजुको कप्तानीमा नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ क्यानले बंगलादेशमा हुने अण्डर
नाइन्टिन बिश्वकपमा सहभागी हुने नेपाली
टोलीको घोषणा गरेको छ । क्यानले राजु
रिजालको कप्तानीमा दुइ नया खेलाडी सहित
१५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक
गरेको हो । छनौट भएका खेलाडीमा आरिफ शेख,
संदिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ
खनाल, प्रेम तामाङ र शुसिल कंडेल छन । त्यस्तै दिपेश
श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, संदिप
लामिछाने, हिमांशु दत्त, शंकर राना र इशान
पाण्डेले पनि अन्तिम १५ मा स्थान बनाएका छन ।
कुशल भुर्तेल, इर्साद अहमद, ललित नारायण राजबंशी
र नन्दन यादव बैकल्पिक खेलाडीका रुपमा रहेका छन
। ब्याट्सम्यान इसान र लेग स्पिनर संदिप बाहेक
सबै ेखलाडी बिश्वकप छनौट खेलमा सहभागी
भएका थिए । इसान र संदिप पहिलो पटक पहिलो
पटक टिममा परेका हुन् । बिश्वकप छनौट खेल खेलेका
ललित र कुशलले टिमबाट बाहिरिए । जगत
टमाटाको प्रशिक्षणमा रहेकोे नेपाली टोलीले
बिश्वकप अघि भारतमा अभ्यास पांच वटा अभ्यास
खेल खेल्नेछ ।
तीन तारिख भारत जाने नेपालले तीन खेल
धर्मशालामा र दुइ खेल दिल्लीमा खेल्नेछ । नेपाल
रहेको समुह डी मा टेस्ट खेल्ने राष्ट्र भारत,
न्युजिलयाण्ड र अस्ट्रेलिया रहेका छन । बिश्वकप
२२ जनवरी देखी १४ फेब्रुअरी सम्म हुनेछ । नेपालले
पहिलो खेल २८ जनवरीमा न्युजिल्याण्ड, ३० मा
अस्ट्रेलिया र समुहको अन्तिम खेल एक फेब्रुअरीमा
भारत संग खेल्नेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.