-->
नाकाबन्दीको मारमा परेका विद्यार्थीलाई राहत, ६० रुपैयाँमा २ छाक खाना


पुस १२ | बिजु महर्जन
काठमाडौं–भारतद्घारा गरिएको
अघोषित नाकाबन्दीको मारमा
सिङ्गो देश छ । यसबाट किर्तिपुरस्थित
त्रिभुवन विश्व विद्यालयमा पढ्ने
विद्यार्थीहरु पनि कसरी अछुतो रहन
सक्थे र !
नाकाबन्दीपछि राजधानीमा ग्यास,
तेलको हाहाकार भयो भने महङ्गी पनि
त्यस्तै चुलियो । बिद्यार्थीहरुको यस
समस्यालाई मध्यनजर गर्दे किर्तिपुर
त्रिभुवन विश्व बिद्यालयका
विद्यार्थी नेता मनोज गोप यादवको
अग्रसरतामा समस्याको हलस्वरुप
सामुहिक मेस चलाउने निर्णय भयो ।
निर्णअनुसार विद्यार्थीको एउटा टिम
बन्यो । त्रिभुवन विश्व बिद्यालय
समितिले पनि जङ्गल बाट ढलेका दाउरा
निशुल्क उपलब्ध गरायो । साथै पानीको
व्यवस्था पनि गरिदियो ।
त्रिभुवन विश्व बिद्यालयका नियमित
४०० विद्यार्थीहरु जो समस्यामा छन्
तिनीहरुलाई दिनको २ छाक ६० रुपैयाँमा
गान्धी भवनको प्राङ्गणमा खुवाइन्छ ।
पुस २ देखि चलेको सामुहिक मेस पुस १४सम्म
चल्ने छ ।
विद्यार्थी नेता यादवका अनुसार १००
जनालाई खाना खुवाँउदा प्रतिव्यक्ति
३३ रुपैयाँ पर्न आउँछ । तर मेसमा खाना
खाने १०० जना भन्दा बढी विद्यार्थीहरु
भएकाले अहिले छाकको रु३०  मा खाना
खुवाइन सम्भव भएको हो ।
यसो त मेसमा त्रिभुवन विश्व बिद्यालय
प्रसाशनका स्टाफहरुले पनिसहयोग गरेका
छन् ।
खाना बनाउने समुहमा ५ जना छन् भने ३०
जना स्वयंमसेवकहरु छन् । सामुहिक मेस निकै
व्यवस्थित छ , खाना खानका लागि
नाम दर्ता गराएका विद्यार्थीहरुले ३०
रुपैयाँ बुझाएपछि कुपन र प्लेट पाउँछन् अनि
खाना खान बस्छन् । पेपरको प्लेट भएकोले
पछि जम्मा गरी जलाउने गरिन्छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.