काठमाडौं – श्रीमती आरजु देउवाको
सनकी स्वभाव र एनजिओको
खेतीपातीका कारण डडेल्धुरा देउवा
कांग्रेस दुई चिरा भएपछि शेरबहादुर
देउवा आफ्नै गृह जिल्लाको घर झगडा
मिलाउन लागिपरेका छन् । आरजु देउवा
५ वर्ष डडेल्धुरा जिल्ला विकास
समितिको सभापति र १३ वर्ष जिल्ला
कांग्रेसको सभापति भइसके पनि
जनाधार भने शून्य भएका रघुवर भट्टतिर
लागेकी छन् । डडेलधुरा देउवा कांग्रेस
चरम गुटबन्दीमा फसेपछि सुशील
कोइराला गुटले डडेलधुरामा खेल्न
खोजेको छ । देउवा पक्षमै भिडाएर
फाइदा लिन कोइराला पक्षले प्रयत्न
गरिरहेको चर्चा कांग्रेसमा चलेको छ ।
आरजुले महाधिवेशन प्रतिनिधिसमेत
हारेका शेरबहादुर देउवाका स्वीकय
सचिव रहिसकेका गोविन्द
बोहोरालाई बोकेपछि आफ्नो
जिल्लामा आफ्नै पत्नीका कारण
शेरबहादुर कमजोर बन्दै छन् ।
गोविन्द बोहोरा ०४९ मा
शेरबहादुरलाई कालो झन्डा देखाएर
विरोध गर्नेमा पर्छन् तिनै देउवाको
पक्षमा आरजु देउवा र वर्तमान डडेल्धुरा
कांग्रेस सभापति कर्ण मल्लको पक्षमा
शेरबहादुर देउवा देखापरेपछि डडेलधुरा
जिल्लामा शेरबहादुर र आरजु हाँसोको
पात्र बनेका छन्, आजको साँघु
साप्ताहिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...