-->
भूकम्पपीडितले पठाए नेता र मन्त्रीलाई राहत


धादिङबेसी – विनाशकारी भूकम्प
गएको ९ महिना लागी सक्दा पनि
भूकम्पपीडितहरुको व्यवस्थापनमा
उदासिनता देखाएको भन्दै धादिङका
भूकम्पपीडितहरुले व्यङ्ग्य स्वरुप सरकार र
विभिन्न दलका शीर्षस्थ नेताहरुलाई
नगद राहत र न्यानो कपडा पठाएका
छन् ।
वैशाख १२ गतेको विनाकारी
भूकम्पपछि उत्तरी धादिङबाट
विस्थापित भई सदरमुकाम आसपासका
शिविरहरुमा बस्दै आएका र दक्षिणी
धादिङका केही प्रतिनिधि चेपाङ
भूकम्पपीडितहरुले हस्ताक्षरसहित प्रमुख
जिल्ला अधिकारीमार्फत सरकारलाई
नगद राहत र न्यानो कपडा पठाएका हुन्

‘जाडो महिनामा कठ्यांग्रिएर
त्रिपाल र टहरामा बसेका
भूकम्पपीडितहरु मर्न थालिसकेका छन् ।
सरकारको काम गराइ भने जाडो
महिनाको लागि वितरण गर्ने सामान
पनि चैतसम्म वितरण गर्न नसक्ने खालको
छ’ सरकारलाई न्यानो कपडा पठाउन
जिल्ला प्रशासन पुगेका अस्थायी
शिविरमा बस्दै आएका भूकम्पपीडित
सूर्यमान तामाङले भने, ‘सरकारको
ध्यानाकर्षण गराउन भूकम्पपीडितहरुको
हस्ताक्षर र उनीहरुबाट संकलन गरेको
केही नगदसहित सरकार र प्रमुख दलका
शीर्ष नेताहरुलाई न्यानो कपडा
पठाएका हौं ।’
भूकम्पपीडितहरुले प्रधानमन्त्री केपी
ओलीलाई न्यायो कपडासहित नगद
जम्मा गरिएको खुत्रुके, नेपाली
कांग्रेसका सभापति सुशील
कोइरालालाई उनको टोपी र
एमाओवादी अध्यक्ष प्रचण्डलाई पन्जा
पठाएका हुन् । आजको अन्नपूर्ण पोस्ट
दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.