एक राँगो, जो भारतभर ‘विक्की डोनर’
का रुपमा चर्चित छ । त्यो राँगको विर्य बेचेरै
भारतमा एक कृषक करोडपति बन्दैछन् । भारतीय चर्चित
क्रिकेट युवराज सिंहको नामबाट यो राँगोको नाम
‘युवराज’ नै राखिएको छ । नामुर्राह जातको यो
राँगोको बिर्यका लागि भारतमा कृषकबीच
तँछाडमछाड चल्ने गरेको छ । भारतम १३ जातका भैंसी
पाउने गरेका छन् । जसमा मुर्राह जातो भैंसीलार्इ
सबैभन्दा उत्तम मानिन्छ । यो राँगोको तौल ४५०
किलो, लम्बाई १० फिट र ऊचाई पाँच फिट आठ इन्च
रहेको छ । यो युवराज राँगो हरियाणाको
कुरुक्षेत्रमा मालिक कर्मवीर सिंहले पालेका छन् ।
महंगो राँगो
कर्मवीरका अनुसार प्रत्येक दिन ‘युवराज’ लार्इ हेर्न
कोही न कोही आइ नै रहेका हुन्छन् । यो राँगो अब
एउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । यो
राँगोको एक डोज विर्यको मूल्य ३५० भारतीय रुपैयाँ
रहेको छ । यो मुल्य भारतका अन्य राँगाको विर्यको
भन्दा १० गुणा बढी हो । यो हिसाबले यो
राँगाको विर्य भारतमै सबैभन्दा महंगो ठहरिएको छ।
भारतमा भैंसीमाथि अध्ययन गरिरहेका केन्द्रीय शोध
संस्थाका प्रमुख इन्द्रजित सिंहले प्रजननको
मामिलामा यो राँगोलार्इ ‘च्याम्पियन’ का
दर्जा दिएका छन् । यो राँगाको विर्य बेचेर
कर्मवीरले वार्षिक ३ देखि ५ लाख भारतीय रुपैयाँ
कमाइरहेका छन् ।
रोचक पक्ष
पशुचिकित्सकहरुका अनुसार साधरण राँगो एक पटक
स्खलित हुँदा ५ सय देखि ६ सयसम्म शुक्राणु पाइन्छ तर
युवराज एक पटक स्खलित हुँदा दुर्इ करोड शुक्राणु पाइने
गरेको छ। कर्मवीरले युवराजलार्इ थोरे भैंसीको
सहयोगमा उत्तेजित गरार्इ स्खलित गराउँदै आएका छन्
। स्खलित गराएपछि निस्कने विर्य एक कृत्रिम
योनीमा जम्मा गरेर राख्ने गरिएको छ । कर्मवीरले
यो राँगाको विर्यलार्इ आफ्नो घरमा १९६ डिग्री
सेल्सियसको तापमानमा ५० लिटर तरल
नाइट्रोजनको कन्टेनरमा राख्ने गरेका छन् । युवराको
विर्य किन्न कर्मवीरको घर अगाडि विर्य विक्रीमा
संलग्न व्यावसायीहरु लाइन लागेर कुर्ने गरेका छन् ।
उत्तर प्रदेशबाट आएका ललित चौधरीले ‘युवराज’ को
विर्य लिन पहिलो पटक आएको बताए । उनले
युवराजलार्इ पहिलो पटक मेरठमा भएको पशु मेलामा
देखेको बताए । सो मेलामा युवराजलार्इ देखेपछि
उसलार्इ किन्न कृषकहरु पागलझैं बनेर पछि लागेका थिए
। ललितले युवराजको विर्य पुरै देशभरका किसानलार्इ
बेच्न चाहेको सुनाए ।
अतभूत आम्दानी
भारतीय सरकारका विभिन्न निकायले गर्ने
पशुमेलाका प्रतियोगितामाहरुमा ‘युवराज’ ले हरेक
पटक विजेता बन्दै तीन लाख रुपैयाँ बढी कमाउने गरेको
छ। इन्द्रजित सिंह भन्छन्, ‘मैले आजसम्म यस्तो स्वस्थ,
सुन्दर र उपयोगी राँगो देखेको थिइन ।’ कतिपयले यो
राँगोलार्इ किन्न चाहेकाथिए । दुर्इ वर्षअघि
हैदराबादमा एक व्यक्तिले यसलार्इ सात करोड
भारतीय रुपैयाँमा किन्न मागेका थिए । तर कर्मवीर
यसलार्इ कुनै हालतमा बेच्ने पक्षमा छैनन् । ‘ म यसलार्इ
बेच्नेबारे जब सोच्छु, तब मलार्इ यसको मूल्य भन्दा तीन
गुणा बढी पैसा मिल्नेछ, जसले म एउटा हेलिकोप्टर
किन्न सकुँ ।’ कर्मवीरले युवराजलार्इ बेचेपछि आफू उ
बिना बाँच्नै नसक्ने बताएका छन् । ‘युवराज’ सँगै
उसलार्इ जन्म दिने १९ वर्षीय भैंसी गंगा समेत रहेकी छन्
। उसले १६ बेत सन्तान पाइसकेकी छ। कर्मवीर सिंह
गर्वका साथ गंगाले अझै दैनिक २६ लिटर दूध दिइरहेको
बताउँछन् । युवराजको अर्को तीन साल कान्छो भाइ
समेत रहेको छ। साथै १६ महिनाकी बहिनी सरस्वती
पनि रहेकी छ । कर्मवीरका अनुसार उनले ‘युवराज’ को
पितालार्इ १४ वर्षअघि रोहतक जिल्लाका एक
किसानबाट ३७ हजार रुपैयाँमा खरिद गरेका थिए ।
कर्मवीरले ‘युवराज’लार्इ दिनको दुर्इ पटक २० लिटर
दूध,१० किलो सेब र चारो तथा अन्न खुवाउने गरेका छन्
। युवराजको स्याहारमै कर्मवीरले दिनको २ हजार
खर्च गर्ने गरेको बताए । कर्मवीरका दुर्इ नोकरले
युवराजलार्इ चराउन साँझमा ५ किलोमिटर
परसम्मको खेतमा लाने गरेका छन् । कर्मवीरले राति
सुत्ने बेला ‘युवराज’ लार्इ एक पटक हेर्न भुल्दैनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...