एक राँगो, जो भारतभर ‘विक्की डोनर’का रुपमा चर्चित छ । त्यो राँगको विर्य बेचेरैभारतमा एक कृषक करोडपति बन्दैछन् । भारतीय चर्चितक्रिकेट युवराज सिंहको नामबाट यो राँगोको नाम‘युवराज’ नै राखिएको छ । नामुर्राह जातको योराँगोको बिर्यका लागि भारतमा कृषकबीचतँछाडमछाड चल्ने गरेको छ । भारतम १३ जातका भैंसीपाउने गरेका छन् । जसमा मुर्राह जातो भैंसीलार्इसबैभन्दा उत्तम मानिन्छ । यो राँगोको तौल ४५०किलो, लम्बाई १० फिट र ऊचाई पाँच फिट आठ इन्चरहेको छ । यो युवराज राँगो हरियाणाकोकुरुक्षेत्रमा मालिक कर्मवीर सिंहले पालेका छन् ।महंगो राँगोकर्मवीरका अनुसार प्रत्येक दिन ‘युवराज’ लार्इ हेर्नकोही न कोही आइ नै रहेका हुन्छन् । यो राँगो अबएउटा ब्रान्डको रुपमा स्थापित भइसकेको छ । योराँगोको एक डोज विर्यको मूल्य ३५० भारतीय रुपैयाँरहेको छ । यो मुल्य भारतका अन्य राँगाको विर्यकोभन्दा १० गुणा बढी हो । यो हिसाबले योराँगाको विर्य भारतमै सबैभन्दा महंगो ठहरिएको छ।भारतमा भैंसीमाथि अध्ययन गरिरहेका केन्द्रीय शोधसंस्थाका प्रमुख इन्द्रजित सिंहले प्रजननकोमामिलामा यो राँगोलार्इ ‘च्याम्पियन’ कादर्जा दिएका छन् । यो राँगाको विर्य बेचेरकर्मवीरले वार्षिक ३ देखि ५ लाख भारतीय रुपैयाँकमाइरहेका छन् ।रोचक पक्षपशुचिकित्सकहरुका अनुसार साधरण राँगो एक पटकस्खलित हुँदा ५ सय देखि ६ सयसम्म शुक्राणु पाइन्छ तरयुवराज एक पटक स्खलित हुँदा दुर्इ करोड शुक्राणु पाइनेगरेको छ। कर्मवीरले युवराजलार्इ थोरे भैंसीकोसहयोगमा उत्तेजित गरार्इ स्खलित गराउँदै आएका छन्। स्खलित गराएपछि निस्कने विर्य एक कृत्रिमयोनीमा जम्मा गरेर राख्ने गरिएको छ । कर्मवीरलेयो राँगाको विर्यलार्इ आफ्नो घरमा १९६ डिग्रीसेल्सियसको तापमानमा ५० लिटर तरलनाइट्रोजनको कन्टेनरमा राख्ने गरेका छन् । युवराकोविर्य किन्न कर्मवीरको घर अगाडि विर्य विक्रीमासंलग्न व्यावसायीहरु लाइन लागेर कुर्ने गरेका छन् ।उत्तर प्रदेशबाट आएका ललित चौधरीले ‘युवराज’ कोविर्य लिन पहिलो पटक आएको बताए । उनलेयुवराजलार्इ पहिलो पटक मेरठमा भएको पशु मेलामादेखेको बताए । सो मेलामा युवराजलार्इ देखेपछिउसलार्इ किन्न कृषकहरु पागलझैं बनेर पछि लागेका थिए। ललितले युवराजको विर्य पुरै देशभरका किसानलार्इबेच्न चाहेको सुनाए ।अतभूत आम्दानीभारतीय सरकारका विभिन्न निकायले गर्नेपशुमेलाका प्रतियोगितामाहरुमा ‘युवराज’ ले हरेकपटक विजेता बन्दै तीन लाख रुपैयाँ बढी कमाउने गरेकोछ। इन्द्रजित सिंह भन्छन्, ‘मैले आजसम्म यस्तो स्वस्थ,सुन्दर र उपयोगी राँगो देखेको थिइन ।’ कतिपयले योराँगोलार्इ किन्न चाहेकाथिए । दुर्इ वर्षअघिहैदराबादमा एक व्यक्तिले यसलार्इ सात करोडभारतीय रुपैयाँमा किन्न मागेका थिए । तर कर्मवीरयसलार्इ कुनै हालतमा बेच्ने पक्षमा छैनन् । ‘ म यसलार्इबेच्नेबारे जब सोच्छु, तब मलार्इ यसको मूल्य भन्दा तीनगुणा बढी पैसा मिल्नेछ, जसले म एउटा हेलिकोप्टरकिन्न सकुँ ।’ कर्मवीरले युवराजलार्इ बेचेपछि आफू उबिना बाँच्नै नसक्ने बताएका छन् । ‘युवराज’ सँगैउसलार्इ जन्म दिने १९ वर्षीय भैंसी गंगा समेत रहेकी छन्। उसले १६ बेत सन्तान पाइसकेकी छ। कर्मवीर सिंहगर्वका साथ गंगाले अझै दैनिक २६ लिटर दूध दिइरहेकोबताउँछन् । युवराजको अर्को तीन साल कान्छो भाइसमेत रहेको छ। साथै १६ महिनाकी बहिनी सरस्वतीपनि रहेकी छ । कर्मवीरका अनुसार उनले ‘युवराज’ कोपितालार्इ १४ वर्षअघि रोहतक जिल्लाका एककिसानबाट ३७ हजार रुपैयाँमा खरिद गरेका थिए ।कर्मवीरले ‘युवराज’लार्इ दिनको दुर्इ पटक २० लिटरदूध,१० किलो सेब र चारो तथा अन्न खुवाउने गरेका छन्। युवराजको स्याहारमै कर्मवीरले दिनको २ हजारखर्च गर्ने गरेको बताए । कर्मवीरका दुर्इ नोकरलेयुवराजलार्इ चराउन साँझमा ५ किलोमिटरपरसम्मको खेतमा लाने गरेका छन् । कर्मवीरले रातिसुत्ने बेला ‘युवराज’ लार्इ एक पटक हेर्न भुल्दैनन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...