-->
‘कमेडी नाइट्स विथ कपिल’ बन्द हुने

कलर्स च्यानलमा प्रसारण हुने हाँस्य
कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’ बन्द हुने भएको
छ। कपिल शर्माका अनुसार २०१६ को जनवरी १७ मा
शोको अन्तिम एपिसोड प्रसारण हुनेछ। दुई बर्ष देखि
जारी शो बन्द गर्ने निर्णय स्वयम कपिल शर्माले
गरेका हुन्। स्रोतका अनुसार उनी च्यानलको
व्यवहारका कारण असन्तुष्ट छन्। कपिलको मुख्य
असन्तुष्टि छ महिना पहिला सुरु भएको शो ‘कमेडी
नाइट्स बचाओ’ का कारण भएको बताइएको छ।
‘कमेडी नाइट्स’ मा आएका कलाकारलाई च्यानलले
‘कमेडी नाइट्स बचाओ’ मा समेत जान आग्रह गर्ने गरेको
शर्माको टिमको आरोप छ।’शोको फर्मेट समेत एउटै छ र
उनिहरुले हाम्रो कपी समेत गरेका छन्। यहाँ मेहनत गर्नु
बेकार छ’ शर्माले भनेका छन्। शर्माले यो खबरलाई
पुष्ट्रि गर्दै भनेका छन्, ‘हो हामीले जनवरीमा शो बन्द
गर्दै योजना बनाएका छौं।’
कपिलको फिल्म आए पछि कमेडी नाइटस् बन्द हुने खवर
आएका थिए। त्यस पछि उनले शोलाई हप्तामा एक
दिन बनाएका थिए।कलर्सले भने यसबारे केहि भनेको
छैन। स्रोतका अनुसार उसले शोलाई सुचारु गर्ने प्रयास
गरेको छ। ‘कमेडी नाइट्स विथ कपिल’ को पहिलो
एपिसोड २२ जुन २०१३ मा प्रशारण भएको थिय


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.