पुस ७, २०७२- भारतीय सीमा
सुरक्षा बलको जहाज
दुर्घटनाग्रस्त भएको छ । मंगलबार
बिहानै राजधानी नयाँदिल्लीको
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय
विमानस्थल नजिकै भएको जहाज
दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।
दिल्ली विमानस्थलबाट पाँच
किलोमिटर सहबाद महम्मदपुर गाउँको
द्वारिका क्षेत्र नजिकै जहाज
दुर्घटनामा परेको थियो ।
विमानस्थलबाट उडान भरेको केही
मिनेटपछि नै कन्ट्रोल रुमसँग जहाजको
सम्पर्क विच्छेद भएको थियो ।
इन्डिया टुडे अनलाइनका अनुसार
जहाजमा १० जना सवार थिए । जहाज
राँचीको लागि उडेको थियो।
जहाजमा पाइलट सहित सैन्य
प्राविधिकहरु चढेका थिए ।
अहिले उद्दारकर्मी तथा अग्निनियन्त्रण
घटनास्थलमा खटिएका छन् ।
को को परे दुर्घटनामा ?
१. बी प्रसाद, डेपुटी कमान्ड्ड्यान्ट र
पाइलट
२. राजेश शिव्रन, डेपुटी कमान्ड्ड्यान्ट र
पाइलट
३. कन्सटेवल रावत
४. आरपी यादव, इन्सपेक्टर
५. डी कुमार, इन्जिनियर
६. पाँच जना प्राविधिक

0 comments
प्रतिक्रिया दिनुहोस्...