-->
अवैधरुपमा अमेरिका जान खोज्ने १६ नेपाली ग्वाटेमालामा पक्राउ....

पुस ७, २०७२- अवैधरुपमा
अमेरिका जान खोज्ने १६
नेपाली ग्वाटेमालामा पक्राउ परेका
छन् । एउटै समूहमा रहेका १७
बंगलादेशीसमेत पक्राउ परेको
ग्वाटेमालाका अधिकारीले बताएका
छन् ।
उनीहरु बस चढेर राजधानी ग्वाटेमाला
सिटी बाहिर जाने क्रममा प्रहरीले
पक्राउ गरेको हो ।
पक्राउ परेका सबै पुरुष छन् । उनीहरुलाई
आइतबार पक्राउ गरिएको हो । ‘मानव
तस्करको सूचना पाएर छापा मार्दा
उनीहरु पक्राउ परेका हुन्’, प्रहरीले जारी
गरेको विज्ञप्तीमा भनिएको छ ।
फक्राउ परेका उनीहरुलाई सरकारी
आवासमा राखिएको छ । उनीहरु
एसियाबाट अफ्रिका कसरी आइपुगे
भन्नेबारे प्रहरीले खुलाएको छैन ।
यसअघि एसियाली मूलका नागरिकलाई
अवैधरुपमा अमेरिका पठाउन सक्रिय ४
नागरिकलाई जुन महिनामा प्रहरीले
पक्राउ गरेको थियो ।
अगष्ट महिनामा ग्वाटेमाला प्रहरीले
आफ्नो मुलुक हुँदै अमेरिका जान खोज्ने ११
नेपाली, ७ बंगलादेशी, १ साल्भाडोरन र
१ होन्डुरन नागरिकलाई पक्राउ गरेको
थियो ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.