क्वालालम्पुर । नेपाली दुतावास मलेसियामा करीव
पाचँ हजार नेपाली नागरिकता रहेका छन । सम्वन्धित
ब्यक्तिहरु लामो समय सम्म लिन नआएपछि
नागरिकताहरु दुतावासमा रहेका हुन । मलेसिया
सरकारले सन २०११ मा अवैध काम गरिरहेका विदेशि
श्रमिकहरुलाई कि घर फर्क कि वैधानिक भएर वस भन्ने
योजना ल्याएको वखत पासपोर्ट वनाउनको लागि
नेपाली नागरिकता छाडेका थिए ।
अधिकाशंले नागरिकता लगिसकेको भएपनि अझै
बाकी रहेकाले सुचना नै जारी गर्नु परेको
दुतावासका प्रवक्ता तथा द्वितीय सचिव उत्तम
शाहिले अनलाइनखवरलाई वताए । उनले भने मार्च ३१
तारिख सम्म लैजान भनेका छौ यदि त्यो अवधि
भित्र पनि लिन नआएमा नेपाल पठाउने छौ ।
यसै गरी मलेसियामै करीव ६ हजार नेपाली पासपोर्ट
रहेको छ । सम्वन्धित ब्यक्तिहरु लिन नआएकोले नेपाली
दुतावासमै रहेको हो । सम्वन्धित ब्यक्ति लिन
नआएपछि उक्त पासपोर्टहरु दुतावासको दराजमा
थन्किएर वसिरहेका छन । लामो समयदेखि लिन
नआएका पासपोर्टहरु समेत नेपाल पठाउने तयारी
भैरहेको दुतावासले जनाएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...